• २०७४ फाल्गुन ८ मंगलबार

    शृंखलावद्ध रूपमा ६ जनाको हत्या गरी फरार भएका सकिल हुसेन कतारमा पक्राउ परेका छन्। सुनसरी र सप्तरीमा ६ जनाको हत्या गरी फरार भएका सप्तरी टिकुलीया ७ का ४२ वर्षिया हुसेनलाई केही दिनअघि कतार प्रहरीले पक्राउ गरेको हो।

    इन्टरपोलको रेड र्कनर नोटिसमा रहेका हुसेन केही दिनअघि कतारमा पक्राउ परेको र उनलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरी उच्च स्रोतले जानकारी दियो।

    शृंखलावद्ध हत्यामा आफ्ना सहयोगीहरू पक्राउ परेपछि उनी ४ वर्षअघि कतार पुगेका थिए।

    अदालतबाट समेत हत्या अभियोगमा सजाय सुनाइएका हुसेनको नाममा नेपाल प्रहरीले इन्टरपोल मार्फत रेर्डकर्नर नोटिस् जारी गरेको थियो।

    हत्या गरी कतार पुगेका हुसेनका बारेमा नियमीत रूपमा नेपाल प्रहरीले इन्टरपोलसँग समन्वय गर्दै आएको थियो।

    ‘कतार र साउदीको सीमा क्षेत्रमा एक जनाको घरमा काम गर्दै आएका हुसेनलाई पक्राउ गर्न गएका बेला मालिकले समेत लुकाउएका थिए,’ प्रहरी उच्च स्रोतले भन्यो, ‘उनलाई कतार प्रहरीले दोस्रो पटकमा पक्राउ गरेको हो।’

    उनले कारागारमा रहेका कैदीलाई छुटाईदिने भन्दै आफन्तलाई प्रलोभनमा पारि रकम लिने अनि हत्या गरी गायव बनाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
    प्रहरीका अनुसार हुसेनले २०६९ असोज १ गते सप्तरीका सहबुद मियाँ र उनकी बुहारी (मोहमद आलमकी श्रीमती) सगिरा खातुनको हत्या गरेका थिए।

    ‘कैलु खातुनको घरमा गई तिम्रो छोरा कारागारमा रहेछ, म पनि कारागारमै थिएँ, म पैसा खर्च गरेर छुटेँ, मेरो माथिसम्म चिनेका मानिस् छन्, रूपैयाँ खर्च गर्नुहुन्छ भने म तिम्रो छोरालाई छुटाई दिनसक्छु,’ भन्दै उनले रकम लिएर ससुरा सहबुद मियाँ र बुहारी सगिरा खातुनलाई हत्या गरी कुखुराको खोर मुनी गाडेका थिए।

    त्यसैगरी सकिलले २०७० असोजमै जन्डौल–६ को दुलारीदेवी साहको हत्या पनि गरेका थिए।

    कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कारागारमा रहेका पति धीरेन्द्र साहलाई कारागारमुक्त गराउन भन्दै ६ लाख रूपैयाँ माग गरी एकान्तमा बोलाएर सकिलले दुलारीको हत्या गरी रकमसमेत लुटेका थिए।

    हत्यापछि दुलारीको शव जन्डौल–८ स्थित चुरे जंगलको फेदीमा गाडेको कंगाल प्रहरीले २०७२ वैशाख २७ गते फेला पारेको थियो।

    यसैगरी सकिलले २०७० चैत १ गते त्रिकोल–५ बस्ने जयराम साहकी पत्नी निर्मलादेवी साहको हत्या गरेका थिए।

    साहका छोरा दीपक कुमारलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै उनीहरूले ३ लाख रुपैयाँ लिएर आउँदा उनको हत्या गरेको र रकम लुटेको प्रहरीको भनाइ छ।

    त्यसैगरी सकिलले सुनसरीमा पनि ३ जनाको हत्या गरेको प्रहरीले जनाएको छ।

    उनी भारतीय अपराधिको सम्पर्कमा रहेर विभिन्न व्यक्तिको हत्या गर्दै रकम लिएर हिड्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…