• गोपाल काफ्ले
    पथरी । पथरीशनिश्चरे २ स्थित बाल्मिकी मेमोरियल सेकेण्डरी बोर्डिग स्कुलले साँस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम मंलवार सम्पन्न गरेको छ । विद्यालयमा खेलकुद तथा साँस्कृतिक कार्यक्रम तिन दिन सम्म आयोजना गरिएको थियो । विद्यालयमा बिभिन्न खेलकुद प्रतियोगिता र कक्षमा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।


    विद्यालयका अभिभावक संघका अध्यक्ष नेत्र न्यौपानेको सभापत्विमा भएको कार्यक्रममा स्रोत व्यक्ति अर्जुन भट्टको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख भट्टले गुणस्तरीय शिक्षाका कारण नै निजी विद्यालयहरु अघि बढेको बताए । यद्यपि, उनले निजी स्कुलका महशुल महंगो भईरहेको जनगुनासोलाई विद्यालयले जित्न सक्नु पर्ने सुझाप दिएका छन् ।

    उनले पाठ्यपुस्तकको ज्ञान मात्र नभएर विद्यार्थीलाई बाह्य ज्ञान पनि दिन सुझाप दिए । अभिभावकको निर्देशनमा भन्दा पनि वालवालिकाको मनोविज्ञान बुझेर शिक्षा दिन आजको आवश्यकता हो,उनले भने ।

    कार्यक्रममा विद्यालयका प्रिन्सीपल नबलकिशोर खनालले विद्यालयको विगत र वर्तमानका आरोह अवरोह र प्रगतीहरु सुनाएका थिए । कार्यक्रममा विद्यार्थीले गायन नृत्य तथा बिभिन्न प्रतिभा प्रस्तुत गरेका थिए ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…