• पाँचथर ।  पाँचथर सदरमुकाम फिदिममा मंगलबार देखि अन्तराष्ट्रिय केःलाङ (च्याब्रुङ नाँच) महोत्सव सुरु भएको छ । किरात लिम्बू जातिको लोकप्रिय नाँच च्याब्रुङ नाँचको संरक्षण र बिकासका लागि महोत्सवको आयोजना गरिएको महोत्सव मूल आयोजक मूल समारोह समितिले जनाएको छ । स्थानीय फिदिम माविको खेलमैदानमा महोत्सव सुरु भएको हो ।



    महोत्सव अन्तर्गत आइतबार भारतको आसाम, सिक्किम र नेपालका विभिन्न जिल्लाबाट आएका च्याब्रुङगे टोलीहरुलाई लाम्दाक अर्थात् स्वागत गर्ने क्रम जारी छ । महोत्सवको  प्रदेश नम्बर एकका प्रदेश प्रमुख डाक्टर गोविन्द बहादुर तुम्बाहाम्फेले उद्घाटन गरेको महोत्सव मूल समारोह समितिका अध्यक्ष मन कुमार केरुङले बताए ।

    महोत्सवमा लिम्बू जातिको मौलिक भेषभूषा, परिकार, फोटो र पुस्तकहरुको स्टल समेत रहने जनाइएको छ । त्यस्तै केःलाङ र केसामबारे कार्यपत्र प्रस्तुती र छलफल समेत हुने बताइएको छ । महोत्सवमा कम्तिमा करीब एक हजार च्याब्रुङ प्रदर्शनी गरिने महोत्सव मूल समारोह समितिका सचिव मधुराज केरुङले बताए

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…