• नरेन्द्र बस्नेत
    बेलबारी । चीनले नेपालमा पेट्रोलियम खानीको विस्तृत अन्वेषणको तयारी थालेसँगै मोरङको राधानगरमा रहेको पेट्रोल खानी फेरी सञ्चालनमा आउला भन्ने धेरैको चासोको बिषय बनेको छ । अघिल्लो पटक केपी ओली सरकारमा भएकै बेला देशका बिभिन्न ठाँउमा चिनियाँ टोलीले अन्बेषण गरेको थियो । मार्चमा चिनियाँ विज्ञको टोली नेपाल आउने तय भएसँगै बाहुनीमा रहेको पेट्रोल खानीको समेत चर्चा शुरु भएको छ । भारतले ०४५ सालमा नाकाबन्दी लगाएपछि पेट्रोलियम पदार्थको अन्वेषणमा नेपालको ध्यान तानिएको थियो । सेल नेपाल नामक कम्पनीले विराटनगर आसपासमा अन्वेषण गरेको पनि थियो । मोरङको बाहुनी गाविस हाल बेलबारी नगरपालिकामा रहेको राधानगरमा सेल नेपालले ३५ सय २० मिटर गहिरो ड्रिल समेत गरेको थियो ।

    त्यति गहिराइमा पुग्दा पनि तेल नभेटिएको बताउँदै कम्पनी अन्वेषणबाट पछाडि हटेकाे थियो । तर, भारतको दबाबमा उक्त कम्पनी पछाडि हटेको आरोप लाग्दै आएको छ । नेपालमा तेल निकालियो भने आफ्नो इन्धन भण्डार सुक्ने डर भारतलाई रहेकाले काम अगाडि नबढेको जानकारहरुको दाबी छ । राधानगरमा पेट्रोल खोज्न त्यतिबेला खनिएको खाडल अहिले पनि देख्न सकिने स्थानीय बासिन्दा बताउँछन् । सो क्षेत्र संरक्षणको अभावमा पछिल्लो समय गौचरणमा परिणत भएको छ । २०४६ सालको परिवर्तनपछिका सरकारले पेट्रोलियम पदार्थको खोज र उत्खनन्मा सिन्को भाँचेको छैन ।

    अघिल्लो पटक ओली सरकारको पालामा राधानगरको समेत चिनियाँ टोलीले अन्बेषण गरेको थियो । पेट्रोल अन्वेषण र उत्खनन् गर्ने विश्वकै अग्रणी संस्था एनसीपीसीले फेरी सम्भावित ठाँउहरुको अध्यायन र अन्बेषण गर्ने तयारी गरेको छ । विभिन्न क्षेत्रमा तेल र ग्यासको उत्खनन् सम्भाव्यताबारे चिनियाँ टोलीले अनुसन्धान गर्नेछ । यसअघि वैशाख ०७३ मा चिनियाँ टोलीले नेपालमा पेट्रोलियम उत्खननको सम्भावनाबारे प्रारम्भिक अध्ययन गरेको थियो ।चैत ०७२ मा तत्कालीन प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा द्विपक्षीय सम्झौता भएको थियो । त्यसैमा टेकेर चिनियाँ टोलीले वैशाख ०७३ मा नेपाल आएर सम्भावित क्षेत्रका चट्टानलगायत नमूना चीन लगेको थियो । त्यसको रिपोर्ट आएको एक वर्षभन्दा बढी भइसक्दा पनि विस्तृत अन्वेषणमा सरकारले नै चासो दिएको छैन ।

    नेपालका जुन भूभागमा पेट्रोलियम पदार्थ रहेको अनुमान छ, भारत र पाकिस्तानका पनि त्यस्तै शृंखलामा डिजेल र पेट्रोलका खानी भेटिएका छन् । पाकिस्तानले चुरे पर्वत शृंखलामा पर्ने पोटवार बेसिनमा इन्धन उत्खनन् गरिरहेको छ । भारतले चुरे शृंखलाभन्दा मुनिका विभिन्न क्षेत्रबाट पेट्रोलियम निकालिरहेको छ । अहिले दैलेखको पादुका क्षेत्रमा कच्चा तेल निस्किएर बगिरहेको छ । काठमाडौंलगायत धेरै क्षेत्रमा पनि प्राकृतिक ग्यास निस्किरहेको छ ।

    करिब ३७ वर्षअघि तराईका अधिकांश क्षेत्रमा पेट्रोलियम पदार्थ निकाल्न सकिने पत्ता लागेको थियो । खानी तथा भूगर्भ विभागमा सोही प्रयोजनका लागि अन्वेषण परियोजना नै सञ्चालनमा छ । तर, नेपालको अहिलेसम्मको अध्ययन प्रतिफलविहीन देखिँदै आएको छ ।
    हालसम्मका कुनै सरकार पनि यस पाटोमा अर्बौं लगानी गर्न तयार देखिएका छैनन् । अब भने यसका लागि चीनले नेपालमा औपचारिक प्रवेश पाउँदैछ । चिनियाँ टोलीले खानी विभागसँग सहकार्य गरेर अन्वेषण अगाडि बढाउन विभागस्तरीय सम्झौता गर्नेछ । सुर्खेत, दैलेख, सुनसरी र मोरङमा चिनियाँ टोलीले थप अनुसन्धान अगाडि बढाउनेछ ।
    विभिन्न वैज्ञानिक आधारलाई पछ्याएर विभागले भौगर्भिक ‘एक्स रे’लगायत अध्ययन सकेको छ । सोहीअनुसार सम्भावित भू भागलाई १० वटा ब्लकमा विभाजन गरिएको छ । ती ब्लकहरुमा पेट्रोलियम पदार्थको अन्वेषण र उत्खनन्का लागि विभागले छुट्टाछुट्टै विदेशी कम्पनीलाई अनुमति दिएको थियो । तर, सम्झौताअनुसार ती कम्पनीले अन्वेषण र उत्खनन् नगरेकाले गत वर्ष सरकारले सम्झौता खारेज गरेको थियो । १, २, ४, ६ र ७ नम्बर ब्लकमा केरिन इनर्जीले अनुमति पाएको थियो । उक्त कम्पनीसँगको सम्झौता रद्द भइसकेको छ । ब्लक नम्बर ३ र ५ मा टेक्साना, ८ र ९ मा ईएबी तथा १० मा बीबीबीले अनुमति पाएका थिए । ती सबै रद्द भइसकेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…