• उर्लाबारी/मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद् कुशल लिम्बूले जातीय सद्भाव र एकतालाई मजबुत बनाएर अघि बढ्नु पर्ने धारणा राखेका छन् ।
    नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति मोरङको आयोजनामा सोमबार उर्लाबारीस्थित पूर्वाञ्चल बौद्ध गुम्बामा भएको बृहत लहोछार सांस्कृतिक कार्यक्रममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । आफ्नो जात, धर्मको संस्कृतिलाई संरक्षण गर्दै अन्य जात र धर्मबीच सद्भाव र एकता बढाउनु पर्नेमा उनले जोड दिएका छन् ।

    भौगोलिक, जातीय, भाषिक तथा सांस्कृतिक विविधतामा निकै धनी नेपाल रहेको बताउँदै उनले कुनै पनि जाति, भाषी, धर्म या संस्कृतिको मात्र अलगअलग वर्चस्व नभई सबै खालका जाति, भाषी, धर्म या संस्कृतिका मानिसहरू छरिएर बसेको उल्लेख गरेका छन् । उनले धार्मिक र साँस्कृतिक सद्भावले मात्र मुलुकको दर्बिलो एकता हुने उनको भनाई छ । मुलुक स्थायी शान्तिको दिशातर्फ उन्मुख बन्दै गएकाले हरेक जातजातीले जातीय सद्भाव कायम राख्ने भूमिका निर्बाह गर्नु पर्ने उनले बताएका छन् । त्यस्तै, कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषद्का अध्यक्ष महेन्द्रजंग तामाङ, घेदुङका प्रदेश नं. १ का सदस्य लेखबहादुर घिसिङ, उर्लाबारी नगरअध्यक्ष राजु घिसिङलगायले बोल्दै आफ्नो संस्कार र संस्कृतिहरु भुल्न नहुने बताउँदै त्यसको संरक्षणमा राज्य लाग्नु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा गायक गौरब दर्णपन, पेमा तामाङ र गायिका सृष्टि हिङमाङले गीत प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए भने तामाङ सेलोलगायत विभिन्न नृत्यले कलाकारहरुले प्रस्तुति दिएका थिए । कार्यक्रम जिल्ला अध्यक्ष दिलबहादुर पाख्रिनको सभापतित्वमा भएको थियो । सोही अवसरमा लायन्स क्लब अफ उर्लाबारी, लायन्स क्लब अफ उर्लाबारी ग्रिन भिलेज, लायन्स क्लब अफ उर्लाबारी आस्था र लायन्स क्लब अफ उर्लाबारी इष्र्टन तथा नेपाल तामाङ घेदुङ उर्लाबारीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको प्राविधिक सहयोगमा भएको रक्तदानमा २० पिन्ट रगत संकलन भएको लायन्स क्लब अफ उर्लाबारीका अध्यक्ष पवन वाईवाले जानकारी दिएका छन् ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…