फागुन ९, काठमाडौँ | काठमाडौँमा केहिबेर अघि भूकम्पको धक्का महशुस भएको छ । भूकम्पको धक्का महशुस भएपछी सुतेका मानिसहरु समेत ब्युझिएर एकअर्कालाई भूकम्प गएको बारे जानकारी गराउंदा चर्को हल्ला सुनिएको छ । काठमाडौँमा आज बिहान करिव २:२० बजे भूकम्पको धक्का महशुस गरिएको हो ।
बुधबार (आज) को भूकम्प काठमाडौँको डल्लुलाई केन्द्रबिन्दु बनाई ३.६ रेक्टर मापन भएको जानकारी प्राप्त भएको छ । भूकम्प आएको बिषयमा फेसबुकमा समेत बिभिन्न जिज्ञाशाहरु गरिएका छन् | कहिले भने भूकम्पले निन्द्रा बिथोलेको भन्दै फेसबुकमा स्टाटस हालेका छन् ।