• २०७४ फाल्गुन ९

    काठमाण्डु, – एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार विस्तारबारे छलफल भएको छ ।

    प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान १० बजे देखि छलफल एक घण्टा चलेको थियो ।

    छलफल सकिएलगत्तै दुवै जना राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

    प्रम ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुई नेतावीचको छलफल सरकार विस्तार र मन्त्रालय बाँडफाँडमा केन्द्रीत रहेको बताए ।

    दुई दलबीच सहमति नहुँदा पहिलो चरणमा सरकारमा नगएको माओवादी पछिल्लो सहमतिसँगै सरकारमा सहभागि हुन लागेको हो ।

    माओवादीले महासचिव रामबहादुर थापा बादलको नेतृत्वमा ६ मन्त्रालयसहित सरकारमा जाने तयारी गरेको छ ।

    दुई नेताबीचको छलफलपछि माओवादीलाई समेटेर आजै मन्त्रिमण्डाल विस्तार गर्ने प्रधानमन्त्री ओलीको तयारी छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …