• काठमाडौं, ९ फागुन । भारतिय कलाकार अर्थात बलिउडका सलमान खान देखाएर लुट हुँदैछ । एउटा टिकटकै २० हजार सम्म असुलिदैछ । कार्यक्रमको कुनै निस्चितता छैन् ।

    तै पनि रकम असुल्ने काम भइरहेको छ । सरोकार निकाय ,प्रहरी प्रशासन मुक दर्शक बनेको छ । के यसरी खुलेआम लुट मच्चाउन पाइन्छ । आम नागरिकले प्रश्न उठाउन थालेकाछन् ।

    फागुन २६ गते टुँडिखेलमा बलिउडका हिरो सलमान खान र उनको टिमलाई उतारेर नेपाललाई लुटाउने राम्रो प्रबन्ध गरिएको छ ।

    ५ हजारदेखि २० हजारसम्मका टिकट खरिद गर्ने लाइन लागेका छन्, हिरोका छेउमा बस्न र सेल्फी खिच्नका लागि नेपालीको मरिहत्ते देखेर आश्चर्य प्रकट गर्न सकिन्छ । आयोजकले २५ करोडभन्दा बढीको टिकट बेचेर १२ करोड त हिरोलाई नै दिने भएका छन् । राष्ट्रिय संकट र समस्याप्रति संवेदनहीनता बढाउने यो फिल्मी कार्यक्रमले सुरक्षाकर्मीलाई समेत दुरुपयोग गर्ने खतरा छ ।

    त्यसै गरी राजधानीको सुरक्षा मजबुत पार्न विश्व पोखरेललाई जिम्मेवारी भर्खर दिएको नेपाल प्रहरीले विदेशी हिरोको सुरक्षामा खटिनुपर्ने बाध्यता आउन लागेको छ ।

    सलमान खानले मुम्बईबाट नेपाल अब आप्की बारी स्वागत से स्वागत नही करोगे हमारी भनेर फिल्म र फेसन प्रेमीहरुलाई उत्साहित पारेका छन् । सलमान खान, प्रभु देवा, सोनाक्षी, ज्याकलिन, डेजी शाह र कृति सेनोनका साथ आउने निश्चित भएको खबर छ ।

    तर यती ठुलो कार्यक्रमका लागि सुरक्षा प्रवन्धका बारेमा आयोजकलाई कुनै मतलव छैन् । तस्विर रकम उठाउनका लागि अनामनगर स्थित भाटभटेनी अगाडि राखिएको काउन्टर हो ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…