• नेपालमा भर्खरै मात्र सुरु भएको प्लस साइज मोडलिङको भबिष्य राम्रो हुँदै गएको मोडल सिर्जना महतले बताएकी छिन ।

    भर्खरै मात्र सम्पन्न भएको “सुपर प्लस साइज मोडल २०१८” मा सेकेण्ड रनरअप र मिस चार्मिङको टाइटल जित्न सफल भएकी मोडल सिर्जना महत मेडिकल फिल्ड हुँदै मोडलिङमा प्रवेश गरेकी नब मोडल हुन ।

    प्लस साइज मोडल भन्ने बित्तिकै मोटो भद्दा शरीर भएका युवा युवतीलाई सोच्ने तरिका बिस्तारै परिबर्तन भएको कुरा मोडल महत बताउछिन ।

     

    काठमाडौँको स्थायी बासिन्दा सिर्जना महत पेशाले नर्स हुन भने अहिले शहिद मेमोरियल हस्पिटलमा (म्याट्रोन) नर्सिङ डाइरेक्टरको रुपमा कार्यरत छिन ।

    आफ्नो बच्चा उमेर देखिको रहर इच्छा पुरा गर्न तथा नेपाली समुदायमा मोडलिङ क्षेत्र प्रतिको सोचलाई परिबर्तन गर्दै प्लस साइज मोडलहरुको लागि एउटा मार्गदर्शन बन्ने उदेश्यका साथ यो क्षेत्रमा प्रवेश गरेकी मोडल महत मोटोपनलाई हेल्दी बडीका रूपमा बुज्नु पर्ने बताउछिन ।

    मोटोपन भद्दा नभई शारीरिक सौन्दर्यको अर्को रुप भएको उनको भनाइ छ । मोटोपनसँगै पनि हरेक मानिस फिट एवं स्वस्थ रहन सकिन्छ भन्ने उनको बुझाइ छ ।

    सुपर प्लस साइज नेपाल २०१८ को सेकेण्ड रनर अपको उपाधि जितेसँगै आफ्नो प्लस साइज सुन्दरताप्रति अझ बढी गौरव महसुस भएको बताउने सिर्जना  मोटोपन कमजोरी नभएर यो सौन्दर्यकै अर्को पाटो भएको दाबी गर्छिन् । शरीर मोटो हुँदैमा कसैको आत्मविश्वास, प्रतिभा र बौद्धिक क्षमतालाई कम आँकलन गर्नु गलत हो भन्छिन् मोडल सिर्जना महत ।

    आफूमा विश्वास छ र दृढ निश्चयका साथ आफ्नो उद्देश्यमा निरन्तर लाग्न सकियो भने संसारको कुनै पनि तागतले कसैलाई रोक्न–छेक्न सक्दैन भनेर आफु जस्तै प्लस साइज भएर अरुलाई प्रेरणा बाड्न चाहने उनि । नेपालमा प्लस साइज मोडलिङको बारे सबैमा ज्ञान नभएको पाइन्छ ।

    मोडल भन्ने बितिकै चिटिक्क जिउडाल भएको सुन्दरीको अर्थमा बुझ्ने गरिन्छ । अझ मोटी केटीहरुले आफुलाई व्यवसायिक मोडलको रुपमा स्थापित गर्न सक्छन् भन्ने बारे चाहिँ निकै कम नेपालिहरुलाई मात्र थाहा भएको विषय हो ।

    तर विश्वमा यो ट्रेण्ड फेशनको बजारमा राम्रो स्थान पाउन थालिसकेको छ । ठुला तथा ब्रान्डेड कम्पनीहरुले पनि प्लस साइज मोडललाई आफनो व्यापार प्रचार प्रसार र प्रबर्धनमा प्रयोग गरेको पाइन्छ र चलचित्र, म्युजिक भिडियोमा समेत प्रसस्तै देख्न सकिन्छ। त्यस कारण पनि आजकल नेपालमा समेत प्लस साइजका युवा युवतीहरु मोडलिङ क्षेत्रमा आकर्षित हुँदै गएको पाइन्छ ।



    सिर्जना भन्छिन अहिले विश्व मानचित्रमा सुन्दरताको परिभाषा समय अनुरूप परिवर्तन हुँदै गएको पाइन्छ । कुनै समय नेपाल लगायत विश्व बजारमा स्लिम साइज फिगरलाई फेसन र मोडलिङको प्रमुख आवश्यकता मानिन्थ्यो भने विगत केही वर्षयता जिरो साइज फिगरलाई माल्न्युट्रिसन अर्थात् पौष्टिक आहारको कमी सहितको शरीरसित तुलना गर्न थालिएको छ ।

    अब फिट र हेल्दी शारीरिक सौन्दर्यले प्राथमिकता पाउँदै गएको छ । भनिन्छ, ब्युटी कम्स इन अल शेप्स एन्ड साइजेज अर्थात् सुन्दरता विभिन्न आकार–प्रकारमा आउँछ ।

    यही अवधारणासँगै बितेका कैयौं वर्ष मोटोपनलाई भद्दा मान्ने समाजमा अब यसलाई प्लस साइज ब्युटीको संज्ञा दिंदै सम्मान गर्न थालिएको छ । अब स्लिम अर फ्याट, ह्वाट म्याटर्स इज फिट एन्ड हेल्दी बडी भन्ने अवधारणा अघि बढ्न थालेको छ ।



    सपिङ तथा फोटोग्राफी मन पराउने उनी नयाँ नयाँ ठाउँ भ्रमण गर्न रुचि राख्छिन् । चलचित्र, म्युजिक भिडियो खेल्ने तथा सिने क्षेत्रमा प्रवेश गर्ने तत्काल कुनै योजना नभएको बताउने उनि फोटोसुट गर्न भने मन पर्ने बताउछिन ।

    सधै हासेर बोल्ने मिठो मुस्कान, सुन्दर मुहार र बौद्दिक क्षमता भएकी प्रतिभावान मोडल सिर्जना महत आफ्नो मोडलिङलार्इ समाजसेवा मार्फत समाजमा सकारात्मक सोचहरु फैलाउन चाहन्छिन ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…