• भदौ, २१ ।

    पछिल्ला समयकी चर्चित गायीका मेलिना राई र नवगायक निक्सोन लोहोनीको ‘साहारा देउ तिम्रो न्यानो अंगालोमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

    काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा मोडलद्धय निराजन प्रधान र रीमा विश्वकर्मा अभिनित भिडियो रिलिज गरिएको हो ।
    एसियन म्यूजिकले बजार प्रवर्द्धन गरेको यस गीतमा जितेन लेप्चाको शब्द तथा संगीत रहेको छ भने भिडियोलाई मनाङ मुस्ताङका रमर्णीय स्थानमा खिचिएको छ । विभोर पोख्रेलले निर्देशन गरेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र मिलन शंकरको छायांकन रहेको छ ।

    भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक पोख्रेलले भिडियोलाई आकर्षक बनाउने सक्दो कोशिश गरेकाले सबैको मन जित्ने विश्वास व्यक्त गरे । आफ्नो प्रयासलाई स्रोताले मन पराईदिने नवगायक निक्सोनले बताए ।



    आगामी दिनमा अझ उत्कृष्ट गीतहरु स्रोतामाझ ल्याउने पनि उनले बताएका छन् । एसियन म्यूजिकका प्रमुख इश्वर गुरुङले विदेशी बजारमा नेपाली गीतसंगीतलाइ प्रवर्द्धन गर्न आफूहरु लागिपरेको र सफलता नजिक पुगेको बताए । कार्यक्रमका प्रमुख अतिथी संगीतकार राजु सिंहले गीत राम्रो बनेको बताए ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…