• २०७४ फाल्गुन १०

    पाँचथर । सदरमुकाम फिदिममा बुधबार विविध कार्यक्रमको आयोजना गरी विश्व मातृभाषा दिवश मनाइएको छ । याक्थुङ प्रज्ञा प्रतिष्ठाले आयोजना गरेको कार्यक्रममा तीन वटा कार्यपत्र प्रस्तुती र त्यस उपर छलफल भएको थियो ।

    तमोरभ्याली गेष्ट हाउसको चुम्देन हलमा आयोजित कार्यक्रममा भाषा विकास केन्द्रका निर्देशक पुष्कर कँडेलले अन्तराष्ट्रिय मातृभाषा दिवश २०१८ र नेपालको अवस्था’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए ।

    भाषा आयोगका सदस्य हरि चन्द्र लाओतीले ‘नेपालको संविधान २०७२ भित्र भाषिक अधिकार तथा कार्यान्वयनको अवस्था’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै प्रतिष्ठानका कूलपति राजेन्द्र कुमार जवेगुले ‘केःलाङमा केःसाम र त्यसको औचित्य’ बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

    प्रस्तुत कार्यपत्र उपर छलफल समेत गरिएको थियो ।

    सोही अवशरमा यस वर्षको ‘श्रीहाङ्मा साहित्यिक पुरस्कार’ ताप्लेजुङका साहित्यकार रण बहादुर मेन्याङ्बो र ‘नाल्बो याक्थुङ पत्रकारिता पुरस्कार दिलमाया पाराङदेन र किरात याक्थुङ चुम्लुङको मुखपत्र तान्छोप्पा मासिकका पूर्व सम्पादक तथा हाल रेडियो नेपालमा कार्यरत पत्रकार तिल बिक्रम चेम्जोङलाई प्रदान गरियो । दुबै पुरस्कारको राशी ताम्रपत्र सहित दश हजार रुपैंयाँ रहेको छ ।

    कार्यक्रममा विभिन्न लेखकहरुद्धारा किराँत सिरिजंगा लिपीमा लिखित दश वटा कृतिहरुको बिमोचन गरिएको छ ।

    उक्त कृतिहरुको कार्यक्रमका प्रमुख अतिथि डा.भरत योङहाङले बिमोचन गरे । सो अवशरमा करीब दुई दर्जन स्रष्टाहरुले सिर्जना वाचन गरेको प्रतिष्ठानका प्राज्ञ सदस्य कवि भवानी तावाले बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…