• काठमाडौँ । भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सुचकांकमा नेपाल १२२ औँ स्थानमा उक्लिएको छ।

    ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ३१ अंक सहित १२२ औं स्थानमा उक्लिएको हो। यसअघि सन् २०१६ को प्रतिवेदनमा नेपाल २९ अंक सहित १ सय ३१ ‍औँ स्थानमा थियो। उक्त प्रतिवेदनमा १ सय ८० वटा देश समावेश गरिएका छन्।

    पछिल्लो प्रतिवेदन अनुसार सन् २०१६ को तुलनामा नेपाल ९ स्थान माथि उक्लिएको र दुई अंक बढी प्राप्त गरेको देखिएको छ।

    सन् २०१३ को यस्तै सूचकांकमा नेपाल ३१ अंक सहित १ सय १६ औँ स्थानमा रहेको थियो।

    ट्रान्सपरेन्सी इन्टरनेश्नलले ४० भन्दा कम अंक ल्याउने देशलाई एकदमै भ्रष्ट देशको सूचीमा राख्ने गर्छ।

    राजनीति, न्यायमा पहुँच, वित्तिय अनुशासन सहित ६ वटा मापदण्डमा गरिएका अनुसन्धानका आधारमा प्राप्त अंकहरूको औसत निकालेर उक्त सुचकांक तयार पारिदै आइएको छ।

    सन् २०१७ को सूचकांकमा दक्षिण एशियाली मुलुकहरू मध्ये भुटान ६७ अंक सहित २९ स्थानमा रहेको छ।

    भारत ८५ औँ, श्रीलंका ९७ औँ र माल्दिभ्स ११८ औँ स्थानमा रहेका छन्।

    नेपाल दुई स्थान तल १२३ औँ स्थानमा पाकिस्तान रहेको छ भने बांग्लादेश १४६ औँ स्थानमा छ।

    पुछारबाट पाँचौ रहेको अफ्गानिस्तानले जम्मा १५ अंक प्राप्त गरेको छ र १ सय ८४ वटा देशमध्ये १८० औँ स्थानमा रहेको छ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…