• आर एन चौधरी थारु,
    क्वालालम्पुर/फेब्रुअरी-२२

    रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत एक नेपाली कामदारको दु:खद निधन (मृत्यु )भएको छ।
    नेपालको पुरानो ठेगाना धनकुटा छथर तोखुवा-५,कार्कीटार टोल निवासी र हालको ठेगाना जोरपाटी गाउँपालिका वडा नम्बर ३,कार्कीटार टोल निवासी टोक बहादुर लिम्बुको छोरा बर्ष २८ का गणेश कुमार लिम्बुको मलेसियाको पेनाङ स्थित जि बेसग्रेड प्रोडक्टस (G Besgrade Products sdn.bhd) नामक कम्पनीमा रातिमा काममा कार्यरत रहेकै बेला सोमबारको दिन बिहान करिब करिब ३:०० बजे तिर अचानक मेसिन दुर्घटनामा परि निधन भएको हो।

    कम्पनीमा बिग्रेको प्राबिधिक गडबडी भएको मेसिन मर्मत गर्ने बेलामा उनी संगै काम गर्ने नेपाली सहकर्मीले अन्जानमै बन्द रहेको मेसिनको स्विट्च खोलि दिएर मेसिनमा बेरिएर लिम्बुको निधन हुन पुगेको भनेर
    मलेसियामै कार्यरत मृतकको आफन्त खगेन्द्र खजुम लिम्बुले रातोकलमका मलेशिया सम्बादाता लाई जानकारी दिएका थिए।मृतकका आफन्तको भनाइ अनुसार कम्पनीमा सोधपुछ गर्दा कम्पनीले यो घटनालाई मिलोमतो गरि मिलाउन जोडतोर गरि रहेको बताए ।

    तर आफुहरुले कम्पनीको सर्त नमान्ने पक्षमा रहेको बताएका छन। जानेर होस अथवा अन्जानमा होस गल्ती गर्नेलाई थोर बहुत जेल सजाय हुनै पर्छ र परिवारमा घरबार चलाउने ब्यक्तिको नै मृत्यु भैसकेको बेला पीडितको परिवारलाई कम्पनी लगायत गल्ती गर्नेले सक्दो क्षेतिपुर्तिको ब्यवस्था गर्नु पर्ने उनले प्रष्ट पारे।मृतक गणेश कुमार लिम्बु बिगत चार बर्ष देखि सो कम्पनीमा कार्यरत थिए भने केहि बर्ष देखि उक्त कम्पनीमा लाईन लिडरको भुमिकामा समेत काम गर्दै आएका थिए।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…