• "BUDDHA WAS BORN IN NEPAL" गौतम बुद्धको जन्म नेपालमा भएको हो भन्ने सन्देस बिश्व समुदायलाई दिनको लागि काभ्रे रोशी गाउँपालिका वडा ११ निवासी २७ बर्षीया शर्मिला तामाङ्गको सगरमाथा आरोहण तयारी अन्तिम चरणमा पुगेको छ।

    पाईनियर एडभेन्चर प्रालि कम्पनीको प्रयोजनमा चैत २५ गते उहाको सगरमाथा आरोहणको योजना छ।गौतम बुद्धको जन्म नेपालकै लुम्बिनीमा भएको तर बिश्व समुदायमा भने भारतमा भएको हो भन्ने भ्रम छ र सोहि भ्रमित कुरालाई चिर्नको लागि नै यो अभियानको थालनी गर्नु परेको हो तामाङ्गले बताउनु भयो र पर्यटन क्षेत्रमा बिशेष गरि महिलाको सहाभागिता एक्दमै न्युन रहेको र यो क्षेत्रमा लागेर देशको लागि केहि गर्न सकिन्छ भन्ने संदेश दिन पनि आफु यो आरोहण गर्न लागेको हो उहाले बताउनु भयो। उहासंगै दोलखा गौरीशंकर गाउँपालिका ९ सिमिगाउँ निबासी २७ बर्षीया छोकी शेर्पा पनि जादै हुनुहुन्छ।

    सो क्रममा शिखरको चुचुरोमा पुगेर BUDDHA WAS BORN IN NEPAL बाहक नेपालको झण्डा फरहराउने यसका साथै धिराज राईको ‘बुद्ध वाज बर्न इन नेपाल ‘बोलको गीत एक मिनेट सम्म बजाउने कार्यक्रम पनि रहेको छ ।

    साहसिक कदम लिएर अगाडी बढ्नु भएकी तामाङ्गलाई आर्थिक जोहोको पनि तयारि गर्नु परेको छ र उहाले यति बेला काभ्रेली समाज बुद्धिजिबी समाजसेबी सबैलाई भेट गरि सहयोगको अपिल गरिरहनु भएको छ। किनकि सगरमाथा आरोहण अत्यन्तै कठिन र खर्चिलो हुन्छ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…