• झापा। सरकारी श्रोत र साधनको दुरुपयोग भए÷नभएको नियमन गर्ने निकाय हो जिल्ला प्रशासन कार्यालय । तर, नियमन गर्ने निकायका उच्च पदस्थ अधिकारीले नै सरकारी श्रोत र साधनको दुरुपयोग गरे भने अरुको अनुगमन कसले गरिदिने ?

    यस्तै देखियो शनिवार, जिल्ला प्रशासन कार्यालय झापाका एक अधिकारी, जिल्ला समन्वय अधिकारी खेमराज ओझा, शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्मा लगायतका उच्च पदस्थ अधिकारी शनिवार सरकारी सवारीको दुरुपयोग गर्दै वनभोजमा रमाए ।

    सामान्यतः बिदाका दिन सरकारी सवारी चलाउन प्रमुख जिल्ला अधिकारीबाट पास लिनुपर्ने हुन्छ । तर, जिल्ला प्रशासन कार्यालय झापाका एक अधिकारी, स्थानीय समन्वय अधिकारी र शिवसताक्षी नगरपालिकाका प्रमुख लगायत सरकारी सवारीको दुरुपयोग गर्दै मेचीनगरमा रहेको बाँसबारी सिमसार क्षेत्रमा आयोजना गरेको बनभोजमा रमाए ।

    शिवसताक्षी नगरपालिका र पूर्वगाविस सचिव हकहित संरक्षण मञ्चले वनभोज कार्यक्रम छुट्टा–छुट्टै आयोजना गरेका थिए । वनभोजमा सरिक हुन जिल्ला प्रशासन कार्यालयका एक अधिकारी र स्थानीय समन्वय अधिकारी खेमराज ओझा मे१झ १३६ नम्बरको सवारीमा पुगेका थिए भने शिवसताक्षीका प्रमुख सेर्मा मे१झ १३१ नम्बरको सरकारी गाडीमा बनभोज स्थल पुगेका थिए ।

    उनीहरु मात्र होइन सरकारी नम्बर प्लेटका मोटरसाइकलमा पूर्व गाविस सचिव समेत वनभोज स्थलमा पुगेका थिए । सहायक प्रमुख जिल्ला अधिकारीसहित उच्च पदस्थ कर्मचारीले सरकारी साधनको दुरुपयोग गरेको सञ्चारकर्मीले तस्वीर खिच्न थालेपछि जिल्ला प्रशासन झापाका एक कर्मचारी र जिल्ला समन्वय अधिकारी पिकनिक स्पोर्टबाट बाहिरिएका थिए ।

    यता शिवसताक्षीका प्रमुख सेर्मा चढ्ने मे१झ १३१ नम्बरको सरकारीसाधन भने दिनभर ‘पिकनिक स्पोर्ट’ मा थियो । पूर्व गाविस सचिवले चढ्दै आएका मे१ब ३२२, मे१ब १९९, मे१ब ४१५६, मे१ब २०२ र मे१ब ४३५ लगायत झण्डै एक दर्जन सरकारी नम्वर प्लेटका मोटरसाइकल दिनभर ‘पिकनिक स्पोर्ट’मा थिए ।

    शिवसताक्षी नगरपालिकाका केही पदाधिकारी र केही पूर्व गाविस सचिव दिनभर बनभोज स्थालमा मदिराको चुस्कीसँगै रमाइ रहेका थिए । शिवसताक्षी नगरपालिकाका प्रमुख सेर्मालाई बनभोजमा सरकारी गाडी लिएर आफै सरिक हुनुभएछ नि भन्ने प्रश्नमा उनले कानूनमा के छ आफूलाई थाह नभएको र शनिवार भएकाले कार्यालयको नाममा भएको सवारी आफूले प्रयोग गरेको बताए ।

    प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भने सरकारी सवारीको दुरुपयोगका विषयमा जिज्ञासा राख्दा स्थानीय सरकार भएका कारण स्थानीय क्षेत्रको विषयमा बुझ्न स्थानीय तहमै सम्पर्क गर्न आग्रह गरे । उनले भने– स्थानीय तहबाटै सवारीको अनुमति लिएर बनभोजका लागि सवारीको प्रयोग भएको हुनसक्छ ।

    नियमनकारी निकायका उच्च पदस्थ कर्मचारीले नै सरकारी श्रोत र साधनको चरम दुरुपयोग गरिरहँदा सर्वसाधारणले अब के अपेक्षा गर्ने ?

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…