• काठमाडौं , १० फागुन / गायक सक्थिम योङयाको स्वरमा रहेको आधुनिक गीत ‘कोदो फल्ने’को मोरङको मिक्लाजुङमा छायाकंन गरिएको छ ।



    मिक्लाजुङ स्थित टाँडीको कोदोबारी लगायतका स्थानमा छायाकंन गरिएको गीतमा शव्द, संगीत प्रकाश राईको रहेको छ भने निर्देशन पूर्वका व्यस्त निर्देशक भूपेन्द्र तुम्बाहाम्फेले गरेका हुन् भने छायाकंन पनि निर्देशक आफैले गरेका छन् ।

    चर्चित मोडल विशाल सेनेहाङ लिम्बु र प्रिया लिम्बुले भिडियोमा अभिनय गरेको छन् । निर्देशक तुम्बाहाम्फेका अनुसार गीतको भावलाई भिडियोले न्याय गरेको अनि कलाकारको उत्कृष्ट अभिनयले अझ भिडियो शसक्त बनेको छ ।



    लामो समयदेखि हङकङ बस्दै आएका गायक याङयाले नेपाल आएको अवसर पारेर यस गीतको भिडियो छायाकंन गराएका हुन् । नेपाली गीत संगीतमा लामो समयदेखी सक्रीय रहदै आएका गायक याङयाका अनुसार गीतको भिडियो केही दिनमा नै बजारमा ल्याउने तयारी भैरहेको छ ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…