•  

    काठमाडौँ । मंगलबार संघीय सरकारका जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले एक वर्ष भित्र काठमाडौंलाई मास्क मुक्त बनाउने दाबी गरेका छन् । स्वच्छ ऊर्जा नेपालको एक प्रतिनिधिमण्डलसँष्को भेटमा मन्त्री पण्डितले यस्तो बताए ।

    यही प्रकृत्तिको अभिव्यक्ति एमालेबाट नै काठमाडौंमा मेयर बनेका विद्यासुन्दर शाक्यले मेयर बनेलगत्तै पनि दिएका थिए । तर, ८ महिना वितिसक्यो यसमा केही प्रगति भएको छैन । बरु एमालेका अर्का मन्त्री आईसक्दा उनको पनि एजेण्डा एउटै भएको छ ।

    उनी बाताबरण मन्त्री भएकोले वातावरण स्वच्छ बनाउँछु भन्नु उनको धर्म पनि हुनसक्छ । तर, वातावरण स्वच्छ बनाउने र त्यहाँको धुलो धुवाँ नियन्त्रणको काम काठमाडौं महानगरपालिका हाताभित्र काठमाडौं महानगरपालिकाको हो । अहिले स्वायत्त भईसकेपछि त झनै यसलाई रोकथाम गर्नको लागि स्थानीय सरकारले ऐन नै बनाएर अघि बढ्न समेत सक्ने अवस्था रहेको छ ।

    अहिले काठमाडौंको प्रदुषण भनेको अव्यवस्थित धुलो र धुवाँको नै हो । मेलम्ची खानेपानी आयोजनाको नाममा खनिएको सडकको कारण नै अहिले बढी धुलो भएको हो । यसको लागि काठमाडौं महानगरपालिकाले नै सक्रियता देखाउनु पर्ने हो । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पनि यस्तै भाषण मेयर बनेर आएलगत्तै बोलेका थिए ।

    तर, अहिले ८ महिना पछि मन्त्री बनेर आएका लालबाबु पण्डितले पनि यही भाषण दोहोर्याउँदा नतिजा भन्दा पनि संघीय सरकार आफ्नो अधिकार बारे स्पष्ट नभएको बुझिने गरेको छ ।

    अहिले केन्द्र र काठमाडौं महानगरपालिकामा एउटै पार्टीको सरकार छ । यस्तो अवस्थामा स्थानीय र केन्द्र सरकारबीच समन्वय गरेर काम गर्ने भन्नु जायज विषय भएको भएपनि पण्डितको यो अभिव्यक्तिले भने स्थानीय तहको अधिकारमाथि हस्तक्षेप भएको आरोप समेत लाग्ने गरेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…