• लुकेर रहेका प्रतिभालाई देशभरि चिनाउन र उनीहरुको मनोबल बढाउन यहाँ ‘मिस एण्ड मिस्टर विराटनगर–२०७७’ प्रतियोगिता गरिने भएको छ । स्रष्टा नेपालद्वारा आयोजना हुने सो प्रतियोगिताका मिस एण्ड मिस्टर कार्यक्रमका निर्देशक रोनक अग्रवालले आज पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।

    प्रतियोगितामा प्रथम हुने मिस एण्ड मिस्टर विराटनगरलाई जनही रु ५१ हजारको पुरस्कार प्रदान गरिनेछ । कार्यक्रमको शोभा बढाउन नेपाली कलाकार रेश्मा घिमिरे, सुरजसिंह ठकुरी र गायक विक्रम बरालको सहभागितासमेत रहने बताइएको छ । विराटनगरभरिको अडिसन यही फागुन ४ र ८ गते हुने छ । कार्यक्रमको अन्तिम प्रतियोगिता चैतमा हुने र यसका लागि अहिले नै मिति तोकिनसकेको आयोजकले जनाएको छ । प्रतियोगितामा १५ देखि २५ वर्षसम्मका अविवाहित युवकयुवतीे सहभागिता हुने प्रबन्ध मिलाइएको छ ।
     

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…