• तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिलाई..., भिडियोसहित आउन लागेको छ । 
    गीतको शब्द÷संगीत अर्जुन बिष्टको रहेको छ भने भिडियोमा सरोज राना प्रजा र बिना राउतले अभिनय गरेका छन् । केही हप्तापछि सार्वजनिक हुने गीतको भिडियो नेपालको राजधानी काठमाडौ वरिपरी सुटिङ सकिएर सम्पादन भइरहेको निर्माण ब्याबस्थापक गणेश थक्लुङ लिम्बूले बताए । थक्लुङ गीत रचनाकार तथा मोरङ पथरीशनिश्चरेका समाजसेवी हुन् । भिडियोको निर्देशन तथा कोरियोग्राफर कबि मिलन बिकले गरेका छन् । 
    गीतको लगानी कर्ता अर्जुन बिष्ट अमेरिकाको पिट्सबर्ग बस्दै आएका युवा हुन् । बिष्टले गत बर्ष मोरङको शनिश्चरे स्थित भुटानी शरणार्थी शिविरमा पिट्सबर्ग फुटबल च्यालेन्ज कप गराएका थिए । फुटबल खेल र खेलाडीको बिकासको लागि पिट्सबर्ग फुटबल च्यालेन्ज फुटबल प्रतियोगिता निरन्तर गराउने योजना रहेको संयोजन गर्दै आएका संयोजक गणेश थक्लुङ लिम्बूले बताए । फुटबल खेलको बिकास र गीत संगीतमा रुचि देखाएका अर्जुन बिष्ट तेस्रो मुलुक अमेरिका जानु अघि मोरङको शनिश्चरे शिविरमा बस्दै आएका थिए । 

सम्वन्धित समाचार

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…

नायिका आँचल शर्मासञ्चार माध्यमलाई अन्तर्वार्ता दिने क्रममा केही न केही भाइरल क्लिप दिने गरी बोल्ने गरेकी छन् …