• मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थित पथरी खानेपानी तथा सरसफाइ उपभोक्ता संंस्थाको नवौं साधारण सभाले अध्यक्षमा जयराम बिष्टलाई सर्वसहमत निर्वाचित गरेको छ । 
    समितिको उपाध्यक्षमा वेदनिधि खनाल, सचिवमा महेन्द्रकुमार राई, सहसचिवमा कुलमाया तिम्सिना भण्डारी र कोषाध्यक्षमा भवानीप्रसाद दुलाल चयन भएका हुन् ।
    उपाध्यक्षमा प्रेम दाहाल, सचिवमा ठम्बरबहादुर खत्रीले मनोनयन दर्ता गरेपनि फिर्ता लिएपछि सम्पूर्ण समिति सर्वसहमत चयन भएका हुन् । 
    त्यसैगरी खुल्ला सदस्यहरुमा महेश विष्ट, रामकुमार राई, महिला सदस्यहरुमा भोजकुमारी लावति, शोभा तिम्सिना चयन भएका हुन् । लेखा समिति संयोजकमा शान्तिराम तिम्सिना, सदस्यहरुमा रामप्रसाद परियार र लुमा खड्का चयन भएका हुन् । 


    संस्थाको ९ औं साधारण सभाको खुल्लासत्र हिजो (फागुन २८) नर्वदेश्वर मन्दिरको हलमा भएको थियो । निर्वाचत आज तोकिएको थियो । केही पद बाहेक अधिकांश पदमा निर्विरोध र आवश्यकभन्दा बढी परेको पदमा फिर्ता लिएपछि समिति सर्बसहमत भएको निर्वाचन समितिको संयोजक अर्जुन बुढाथोकीले बताए । 
    निर्वाचित पदाधिकारी सदस्यहरुलाई आइतबारै पद तथा गोपनियताको सफत ग्रहण गराइएको छ । सफत ग्रहण कार्यक्रममा पथरीशनिश्चरे नगरको निवर्तमान उपप्रमुख यमुना बिष्ट बस्तोला, कार्यपालिका सदस्य वीरध्वज सिवा लगायतको उपस्थिति रहेको थियो । 
    सफत ग्रहणपछि नव निर्वाचित अध्यक्ष जय बिष्टले उपभोक्तालाई सफा खानेपानी वितरणमा मुख्य जोड दिइने प्रतिबद्धता ब्यक्त गरे । नव निर्वाचित पदाधिकारी सदस्यहरुलाई १ नं. वडा अध्यक्ष भीमकुमार राई, निवर्तमान अध्यक्ष वीरबहादुर बस्नेत लगायतले बधाई तथा शुभकामना दिएका थिए । 
    पथरी खानेपानी संस्थामा हाल २ हजार ८३ उपभोक्ता रहेका छन् । साधारण सभामा टोलटोलबाट १३३ जना सदस्य छानिएर मतदाताको रुपमा आएका थिए । वीरबहादुर बस्नेत नेतृत्वको समितिले ४ कार्यकाल १६ बर्ष काम गरेका थिए । 


     

सम्वन्धित समाचार

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले  झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टि–…

 उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका छन् ।शनिबार …

भ्वाइस अफ नेपाल सिजन—५ का बिजेता बिनोद राई बेलायतको एक महिने भिजिटपछि सुक्रबार मर्कथलो मोरङको पथ…

काठमाडौँ । टुँडिखेलमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सिप मेला’ कार्यक्रम र सामु…