• महोत्तरी, २८ जेठ

    २१ जेठमा बर्दियाका नरेन्द्र सुनार आफ्ना २ जना छोरासहित ४ जना बच्चालाई पुरोहित पढाउन ललितपुर  हानिदा दलित भएकै आधारमा भर्नावाट नै बन्चित भइन्छ भनेर सोचेका पनि थिएनन् । शंखमुलस्थित जगद्गुरु आदर्श संस्कृत गुरुकुलमा भर्ना गर्ने तयारीसहित जब आश्रम पुगे तब नरेन्द्रका लागि ठिक उल्टो बन्यो । सोधखोजको क्रममा अध्ययन गर्ने बालक  दलित भएको थाहा पाएपछि भर्ना सिट नभएको भन्दै गुरुकुलले त्यतिकै फर्काइदियो ।

    तर, कहिलेकाही कसैले नराम्रो गर्न खोज्दा राम्रो बनिदिन्छ भन्ने भनाइ नरेन्द्र सुनारलाई लागू भएको छ । दलित भएकै आधारमा भर्ना  नपाएको समाचार केही सञ्चार माध्यमहरुले सम्प्रेषण गरेपछि नरेन्द्रका छोराहरुले ३०४ वर्ष पुरानो  देशकै जेठो गुरुकुल महोत्तरीको मट्टीहानीस्थित राजकीय संस्कृत माध्यामिक विध्यालयमा भर्ना हुने सौभाग्य प्राप्त गरेका छन ।

    'केही सञ्चार माध्यममा दलित भएकै आधारमा भर्ना नपाएको भन्ने समाचार देखेपछि हामीले भर्ना गर्ने घोषणा गरेका हौ', मट्टीहानीस्थित उक्त गुरुकुलका प्राचार्य इश्वरी पौडेलले भने ।

    चारै जना छात्रहरुको पठनपाठन, बसोबास र खानपानको सम्पूर्ण व्यवस्था गुरुकुलले नै जिम्मा लिने प्राचार्य पौडेलको भनाइ छ ।

    बालगुरु षडानन्दले समेत शिक्षा लिएको उक्त गुरुकुलमा कसैलाइ पनि भेदभावको नजरले नहेरिने बताउदै प्राचार्य पौडेलले भने 'हाम्रो विध्यालयमा दलित मात्र हैन इस्लाम धर्मका धर्मावलम्बीहरु समेत अध्ययन गरिरहेका छन्  ।'

    ४ मध्ये २ जनालाई चितवनको देवघाटमा भर्ना लिने बताएता पनि पठनपाठनमा समस्या वन्ने अभिभावकहरुको गुनासो छ  । ३ महिनासम्म परीक्षण हुने र त्यसपछि सुधार नभए पठनपाठनको जिम्मा नलिने शर्तमा भर्ना गर्न लागेको अभिभावकहरुको भनाइ छ ।

    अभिभावकहरुको पुरोहित बनाउने सपनालाई साकार बनाउन आफूहरु प्रतिबद्ध रहेको बताउदै प्राचार्य पौडेलले छात्रहरुलार्इ निर्धक्क भएर मट्टीहानीस्थित गुरुकुल पठाउन आग्रह गरे ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…