• काठमाडौं - भूमिहिन विपन्न नागरिकले अब ३ हजार वर्ग मिटरसम्म निःशुल्क जग्गा पाउने भएका छन् । 

    हालै गठन भएको भूमि सम्बन्धी समस्या समाधान आयोगले भूमिहिन नागरिकलाई निःशुल्क रुपमा ३ हजार वर्गमिटरसम्म जग्गा निःशुल्क उपलब्ध गराउने बताएको छ । 

    आयोगको कार्यालय जुम्लामा मंगलबार स्थापना भएको छ ।
    विपन्न, दलित, भूमिहिन नागरिकलाई विशेष प्रथामिकता दिएर ३ हजार वर्गमिटर जग्गा विभिन्न प्रयोजनका लागि उपलब्ध गराइने बताइएको छ ।

    जग्गा नै नभएका नागरिकलाई सम्बन्धीत स्थानीय तहकै नजिकको सार्वजानिक जग्गा उपलब्ध गराउने बताइएकोे छ । उक्त जग्गा १० वर्षसम्म बेच्न पाइने छैन भने, कृषि गरेर आयआर्जन बढाउन समेत नागरिकलाई प्रेरित गरिने पनि बताइएको छ ।

    नागरिकको लागि आवास पहिलो प्रथामिकता भएकाले जग्गाा अभावले भौंतारिएका नागरिकको राहत र उद्दारमा भूमि आयोगले विभिन्न निकायसँगको समन्वय र सहकार्यमा काम गर्ने छ । 

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …