• मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिने घोषणा भएको छ । 
    मेचीको झापा, मोरङ र इलामामा १२ वडा सेवा केन्द्र अर्थात शाखहरु रहेका छन् । जसमध्ये बुधबार मोरङ पथरी सेवा केन्द्रको साधारण सभा रहेको थियो । 
    सभामा वितरण भएको वार्षिक प्रतिवेदन २०८० मा संस्थालाई लिखित सुझाव दिने मध्ये हरेक सेवा केन्द्रमा पर्ने ४० जनालाई एक हजारको दरले र सुझाव कर्ता सबै सदस्यलाई एक सयको दरले रकम उपलब्ध गराइने उल्लेख छ । 
    प्राप्त सुझाव संस्थाको भाद्र १२ गने हुने २९ औं साधारण सभामा प्रस्तुत गर्दै बर्षभरी सदस्य शिक्षा कार्यक्रममा समावेश गरिने उल्लेख छ । 
    पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, संस्थाको सचिव राजेन्द्रप्रसाद दाहालले प्रतिवेदन प्रस्तुत गरेका थिए । पथरी सेवा केन्द्रको प्रमुख शिवप्रसाद निरौलाले केन्द्रको आर्थिक बर्ष २०७९÷०८० को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नगर प्रमुख तुम्बापो, पथरीको मनकामना साकोसका अध्यक्ष युवराज भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए । 
    मेचीको पथरी सेवा केन्द्रको सहसंयोजक कृष्ण भट्टराईले स्वागत मन्तव्य राखिएको कार्यक्रम, पत्रकार भीमराज अधिकारीले सञ्चलन गरेका थिए । संस्थाले कक्षा १२ बाट उत्कृष्ट जीपीए ल्याएर उतिर्ण भएकी कोपिला कार्की र कक्षा १ का आएल खड्कालाई नगदसहित पुरस्कृत गरेको छ । 
    मेची बहुउद्देश्यीय सहकारीमा १५ हजार २५८ सदस्य रहेको उल्लेख प्रतिवेदनमा उल्लेख छ । संस्थाको ३७ करोड ४९ लाख ८३ हजार ८०० शेयर पुँजी, २ अरब ४७ करोड १८ लाख ३५ हजार ८१२ वचत रहेको मेचीले गत आर्थिक बर्षमा ४३ करोड ९५ लाख ६६ हजार ९९४ व्याज प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ । 
    मेचीले एटीएम सञ्चालन र सहकारी आभाव—२ को लागि जमिन खरिद  खर्च छुट्याइएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी विद्युतीय गाडी चार्जर सेन्टर, सहकारी अस्पताल सम्भाव्यता अध्ययन खर्च विनियोजन गरिएको प्रतिवेदनमा रहेको छ । 
    सदस्यहरुका लागि आकर्षक सुविधाहरु दिदै आएको मेची सहकारीले बार्षिक रुपमा बिभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान लगायतको कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा हरियाली सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष काबुलबहादुर मगर लगायतको उपस्थिति रहेको थियो । 
     

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …

काठमाडौं, ११ माघ  नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ । सुनको मूल्य १०० रुपैयाँले…