• मोरङ । मोरङको पथरीशनिश्चरे—२, स्थित रेडस्टार बोर्डिङ स्कुलले कक्षा १२ को परीक्षामा व्यवस्थापनतर्फ प्रदेश नं. १ कै उत्कृष्ट नजिता ल्याएको दावी गरेको छ । 
    भखैरै प्रकाशित नजिता अनुसार व्यवस्थापन तर्फ कक्षा १२ मा अध्ययनरत विद्यार्थी विपिन पोख्रेलले ३.८१ जीपीए ल्याएर उतिर्ण भएका छन् । यो नजिता सबैतिर बुझ्दा १ नं. प्रदेशकै उत्कृष्ट भएको रेडस्टार बोर्डिङ स्कुलका प्रिन्सिपल टिएन तिम्सिनाले बताए । 
    बोर्डले नजिता प्रकाशन गरेपछि मोरङ, झापा र सुनसरी लगायतको जिल्लाहरुमा बुझ्दा, हालसम्म दावी पेस नभएको आधारमा आफ्नो विद्यार्थी विपिन पोख्रेल प्रदेशकै सर्वोउत्कृष्ट हुनसक्ने निर्देशक÷प्रिन्सिपल तिम्सिनाको दावी छ । 
    स्कुलबाट कृतिका भट्टराईले (३.७५), एलन थेगिम लिम्बू (३.७१), भूवन घिमिरे र नम्रता बुढाथोकी (३.६२) जीपीए प्राप्त गरेका छन् । 
    विद्यालयबाट २६० विद्यार्थीले परीक्षा दिएकोमा ६ जनाले ३.६ जीपीए ल्याएर उतिर्ण गरेको विद्यालयका संस्थापक राजु तिम्सिनाले बताए । त्यसैगरी ५४ जनाले ३.२, १०८ जनाले २.८, ४५ जनाले २.४, ३७ जनाले २ भन्दा माथि जीपीए ल्याएर उतिर्ण भएको बताइएको छ । 
    विगत ५ बर्षदेखि मोरङको पथरीशनिश्चरेमा व्यवस्थापन संकायमा उर्बोउत्कष्ट हुँदै आएको दावी गर्दै विद्यार्थीको नाम र जीपीए विद्यालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । 
    रेडस्टारका विद्यार्थी त्रियुगा लिम्बूले २०७९ मा ३.७० जीपीए ल्याएर मोरङ जिल्लामै उत्कृष्ट भएकोमा प्याब्सनले सम्मान गरेको थियो । 
    रेडस्टार बोर्डिङ स्कुलका संचालक, व्यवस्थापक तथा शिक्षकहरुमा युवाहरुको वर्चस्व रहेको छ । त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्तरेडस्टार स्कुलमा व्यवस्थापन संकायमा विविएस तहपनि पढाइहुँदै आएको छ । 

    उतिर्ण विद्यार्थीहरु


    संचालक र शिक्षकहरुले रेडस्टारलाई व्यवस्थापन संकायको प्रदेश १ मै ब्रण्डको रुपमा स्थापित गर्ने बताउदै आएको छ । एसईई र एसएलसी (कक्षा) १२ को बोर्ड परीक्षामा विद्यार्थीको उर्तिण प्रतिशत र जीपीएको नजिताले रेडस्टारलाई शैक्षिक हब बनाउन र ब्राण्ड स्थापित गर्ने उदेश्यतर्फ अघि बढेको प्रिन्सिपल टिएन तिम्सिनाको भनाइ छ । 
    बुधबार विद्यालयमै एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट नजिता ल्याउने विपिन पोख्रेललाई टिका र खादा लगाएर बधाई दिएका थिए । कार्यक्रममा संस्थापक सुजन बास्तोला, सहायक प्रिन्सिपल बसन्त लिम्बू, शैक्षिक विभाग प्रमुख तिर्थ दाहाल, शिक्षक शम्भुराज घिमिरे लगायतको उपस्थिति रहेको थियो । 
    उत्कृष्ट नजिता ल्याउने विद्यार्थी पोख्रेलले रेडस्टार विद्यालय छान्नुनै विद्यार्थीको लागि हितहुने बताए । रेडस्टार स्कुल आईएसए अवार्डेड विद्यालय हो । 
     

सम्वन्धित समाचार

काठमाडौँ । टुँडिखेलमा काठमाडौँ महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सिप मेला’ कार्यक्रम र सामु…

कोशीमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएको भन्दै नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भए…

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले कृषिक्रान्ति नै हाम्रो दिगो आर्थिक समृ्द्धिको …

 कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रदेश प्रमु…