• प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेलायतको ग्लासगाउमा आयोजना हुने मौसम परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) को आयोजक समितिका संयोजक एवं बेलायती सांसद आलोक शर्मा नेतृत्वको टोलीले भेट गरेको छ ।

        प्रधानमन्त्री निवास वालुवाटारमा बुधबार भएको भेटमा टोलीले नेपालको मौसम परिवर्तनबाट नेपालको हिमालय क्षेत्रमा परिरहेका प्रभावहरुका बारेमा प्रधानमन्त्रीसँग जिज्ञासा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँका अनुसार यसबारे अध्ययन गर्न कोप–२६ इच्छुक रहेको समेत टोलीले प्रधानमन्त्री ओलीसँग बताएको थियो । 

        मौसम परिवर्तनसम्बन्धी विषयलाई सम्बोधन गर्न नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रमप्रति टोली सकारात्मक रहेको टोलीले बताएको थियो । यसका लागि आवश्यक सहकार्य गर्न आफूहरु तयार रहेको जानकारी प्रधानमन्त्रीसमक्ष टोलीका प्रमुख शर्माले राख्नुुभएको प्रेस सल्लाहाकार थापाले जानकारी दिनुभयो  । नेपालले कार्बन उत्सर्जन कम गर्न सन् २०३० देखि २०५० सम्मका लागि बनाएको योजना राम्रो रहेको भनाइ टोली प्रमुख शर्माको थियो । 

        प्रेस सल्लाहकार थापाका अनुसार प्रधानमन्त्री ओलीले कोप–२६ टोलीले सम्मेलनपूर्व भ्रमण गर्ने मुलुकमा नेपाललाई समेत समावेश गरेकोमा धन्यवाद दिनुभयो । प्रधानमन्त्री ओलीले नेपालले कार्बन उत्सर्जन घटाउनका लागि गरेका प्रयासहरु र यससम्बन्धी सरकारका प्रतिबद्धताबारे टोलीलाई जानकारी दिनुभएको थियो । “नेपाल विश्वव्यापी मौसम परिवर्तनका कारण हिमाली क्षेत्रमा परेका प्रभावबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान पुगोस् भन्ने चाहन्छ भन्ने कुरा प्रधानमन्त्रीले टोली समक्ष राख्नुभयो”, थापाले भन्नुभयो । 

        गतवर्ष कोरोना भाइरसको महामारीका कारण स्थगित सगरमाथा संवाद कार्यक्रम आगामी दिनमा आयोजना गरिने जानकारी पनि प्रधानमन्त्री ओलीले सो अवसरमा जानकारी दिनु भएको उहाँका प्रेस सल्लाहाकार थापाले बताउनुभयो । आगामी नोभेम्बर महिनामा बेलायतको ग्लासगाउमा मौसम परिवर्तनसम्बन्धी २६ औँ अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । सन् २०२० को नोभेम्बरमा तय भएको यो सम्मेलन कोभिड–१९ प्रकरणका कारण एक वर्ष पर सारिएको हो । 

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…