• प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक गौरवको योजना रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रदेशवासीको चाहना पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ । प्रादेशिक अस्पताल जनकपुरधामको परिसरभित्र रहेको प्रतिष्ठान कार्यालयको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राउतले बुधबार प्रतिष्ठानमा सबै विषयको अध्ययन अध्यापन हुने बताउनुभयो । उहाँले प्रतिष्ठान यसै वर्षदेखि चिकित्सा शास्त्रतर्फको स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो, “सबै प्रकारको रोगको उपचार एकै स्थानबाट होस् भन्ने प्रदेशवासीको चाहना प्रतिष्ठानले पूरा गर्ने छ ।” उहाँले स्वास्थ्यका क्षेत्रमा प्रदेशले ठूलो फड्को मारेको बताउँदै एमबीबीएस, एमडीलगायतको पठनपाठन हुने भएपछि मधेशका युवा अब बाहिर जानुपर्ने बाध्यता हटेको धारणा व्यक्त गर्नुभयो । मुख्यमन्त्री राउतले प्रदेश नं २ स्वास्थ्य तथा मानव सूचकाङ्कमा निकै पछाडि रहेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रतिष्ठानको स्थापनाले महत्वपूर्ण योगदान दिने बताउनुभयो । 

    सो अवसरमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा रामकेवल साहलाई मुख्यमन्त्री राउतले शपथ गराउनुभएको थियो । त्यस्तै रेक्टर डा अङ्कुर साह र रजिष्ट्रार डा विनोद यादवलाई सहकुलपतिसमेत रहनुभएका सामाजिक विकासमन्त्री नवलकिशोर साहले शपथ गराउनुभएको थियो । प्रतिष्ठानका उपकुलपति एवं वरिष्ठ चिकित्सक प्राध्यापक डा साहले प्रदेश नं २ को स्वास्थ्य क्षेत्र कमजोर रहेको भन्दै स्वास्थ्यसेवाको स्तर सुधारका लागि हरसम्भव प्रयास प्रतिष्ठानबाट हुने बताउनुभयो ।

    प्रदेश सरकारले गत माघ १८ गते मुख्यमन्त्री कुलपति रहने गरी प्रतिष्ठानको उपकुलपतिमा डासाह, रजिष्ट्रारमा डा यादव र रेक्टरमा डा साहलाई नियुक्त गरेको थियो । प्रदेशसभाबाट गत कात्तिक २ गते मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न पारित विधेयक प्रदेश प्रमुख तिलक परियारले गत कात्तिक २५ गते प्रमाणीकरण गरेपछि ऐन कार्यान्वयन भएर प्रतिष्ठानले स्वरूप ग्रहण गर्न थालेको हो ।

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…