• सन्तोष कार्की मौसुफ
    कहिले सोचेकी पनि थिइन 
    चक डस्टर छोडेर 
    अनलाइन क्लास पढाउछु 
    उनिहरु हसिलो बच्चाहरु बाट 
    यति टाढा हुन्छु भनेर 
    कहिले सोचेकी पनि थिइन 
    अनलाइन पढाउछु भनेर ।
    म हरेक दिन अनलाइन लाइभ कक्षा लिन्छु 
    तर पढाउनलाई मज्जा नै कहाँ हुन्छ र 
    न नै यसरी पढाउदा सन्तुष्टि मिल्छ 
    जुन मोबाइल फ़ोनबाट टाढै बस्नको लागि अक्सर कुरा गरिरहन्थे म ,
    आज उसै मोबाइलको अगाडि बस्नको लागि सम्झाई रहेकी छु,
    कहिले सोचेकी पनि थिइन 
    अनलाइन पढाउछु ।
    लकडाउनमा त्यतिकै घर बस्दा आलास्य लाग्छ 
    कहिलेकाही स्कुल जाने गरेकी छु 
    तर त्यो स्कुल , स्कुल रहेन 
    विद्यार्थी बिनाको निर्माण भवन देखिन्छ 
    घमाइलो बैन्चहरु, खाली स्कुलको ग्राउण्ड 
    सुनसान आगन , वरिपरि सुनसान 
    यस्तो हालतमा पनि कहिलेकाही स्कुल आउछु 
    अनि म मास्क लगाएर पढाउछु 
    कहिले सोचेकी पनि थिइन 
    म अनलाइन पढाउछु ।
    जिज्ञासु बच्चाहरुले आज पनि प्रश्न गर्छन् 
    तर जसलाई म केहि कुरा सोध्छु 
    उ नेटवर्कको समस्या भनेर कक्षा छोड्छ
    तिनिहरुलाई गाली नगरिकन 
    म आफुले आफैलाई सम्झाउछु 
    कहिले सोचेकी पनि थिइन 
    अनलाइन कक्षा पढाउछु ।
    अक्सर टाउको बिस्तार बिस्तारै दु:खी रहन्छ 
    मन पनि बिचलित हुन्छ
    कहिले भिडियो बनाउछु 
    कहिलेकाही म गुगल टेस्ट गर्छु 
    अझै पनि शिक्षण सिकाइ अधुरो छ जस्तो लाग्छ 
    आफुले आफैलाई यति आत्मविश्वासी पाउने छु ।
    कहिले सोचेकी पनि थिइन 
    अनलाइन पढाउछु 
    उनीहरु हाँस्ने खेल्ने बच्चाहरु देखि यति टाढा जान्छु भनेर 
    कहिले सोचेकी पनि थिइन 
    अनलाइन पढाउछु भनेर ।।
    सम्पुर्ण शिक्षक शिक्षिका प्रति समर्पित पोस्ट 🙏
    ********
    साथिहरु आजको (शिक्षक प्रति समर्पित) पोस्ट कस्तो लाग्यो... 
    मेरो पूरा पोस्ट पढिदिनु भएकोमा धन्यवाद ।
    म सधै तपाईंको मन छुने केहि न केही लेखहरु लिएर आउने कोशिश गर्ने छु। जसले तपाईंको मन छुन सकोस् , हृदय देखि नै धन्यवाद ।।

सम्वन्धित समाचार

आजकाल हरेक आमा–बुवा, हजुरबुवा–हजुरआमाको बच्चाप्रति एउटै गुनासो छ कि बच्चाको हातमा मोबाइल भ…

यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार २०७७ बाट साहित्यकार तथा सञ्चारकर्मी डा नवराज लम्साललाई पुरस्कृत गरिने भ…

सन्तोष कार्की मौसुफ घरको मुल ढोकाको छेउमा फ़ोहोर कहिल्यै नराख्नुहोस् ,यसो गर्नाले तपाईंको छिमेकी लाई शत्…

नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा रहेका दुई विद्यालयलाई कम्युटरसहितको स्वास्थ्य सरसफाइका सामग्र…