• सामाजिक सञ्चालक टिकटकका कारण दैलेखमा एकजना विद्यार्थीको परीक्षा रद्द भएको छ । परीक्षाको मर्यादा विपरीत परीक्षा समयमा भए गरेका क्रियाकलापलाई टिकटक बनाइ सामाजिक सञ्जालमा राखेकोले विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको हो । 

    आठबीस नगरपालिका–६ सिंहासैनको कालिका माध्यमिक विद्यालयका छात्र  शाहीलाई  राष्ट्रिय परीक्षा बोर्डले परीक्षा रद्द गरेको जनाएको छ । विसं २०७७ मङ्सिरमा सञ्चालित कक्षा १२ को परीक्षामा सहभागी छात्र शाहीले परीक्षाको समयमा भएका कामको टिकटक बनाइ सामाजिक सञ्जालमा राखेकाले परीक्षा रद्द गरिएको बोर्डद्वारा जारी सूचनामा उल्लेख छ ।  

    त्यसैगरी टिकटकको विषयलाई लिएर विद्यालयमा निरीक्षकको रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्राध्यक्ष चक्रबहादुर शाहीलाई समेत परीक्षा बोर्डले तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारवाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको परीक्षा बोर्डले जनाएको छ ।
     

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…