• गरिबको छोरी 
    --*--
    १४ बर्षिय उर्मिला छिमेकीको घरमा चुलाचौका बडारकुडार गरेर आफ्नो घरमा आइन् । 
    खाटमा सुतेका उसको बुबाले रिसले भने: यतिबेला सम्म कहाँ मुख कालो बनाएर आइस , हिजो अस्तिको भन्दा १ घण्टा ढिलो आइस.... ,  
    बुबा । त्यहाँ मालिकको घरमा केहि पाहुनाहरु आउने वाला थिए , त्यसैले उनिहरुलाई खाना चिया खुवाउने र चुला चौका गरि भाँडा माजेर काम सकि, आउनलाई ढिलो भयो..., 
    गैहाल भित्र घरको काम सकिहाल कुकुर्नी ...., 
    भर्खर उर्मिला कोठामा पसेकी मात्र के थिइ.. सानो भाइले खाना माग्यो , उर्मिलाले भनिन्.. खाना बनाएको छैन , म मालिकको घरबाट भर्खर काम सकाएर आएकी छु अब बनाउछु नि..., 
    सानो भाइले उर्मिलाको ढाडमा मुड्किले हान्यो.. "साले कल्चौडी मलाई खेल्न जानू छ भोक लागेको छ छिटो भात पका... ।"
    दिउँसो घरमा कोहि नभएको बेला उर्मिला एक्लै रुँई रहेकी थिइन् , 
    घर पालुवा कुकुर जंगे उर्मिलाको नजिक आयो र जिब्रो ले यताउता चाट्न थाल्यो उर्मिला लाई प्रोत्साहन दिन थाल्यो । 
    उर्मिला ले जंगे कुकुर लाई अंगालो हालेर रुँन थाली र भनी: भगवान । कुनैपनी जन्ममा मलाई गरिबको छोरी नबनाउनु, यदि गरिबको छोरी बनाउनुहुन्छ भने आमाको साथसाथै मलाई पनि स्वर्गमै बोलाउनु ।। 😢😓सन्तोष कार्की मौसुफ

सम्वन्धित समाचार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा यही फागुन ७ …

गाउँका दुररुरान्त सम्म मानिसले पालेका अनगिन्ती आस्था र भरोसाका बर्कोहरु धरधरी मन बाट …

    पहिलो - मेरो एउटि नातिनी छिन , बिबाह गर्नको लागि लाएक कि छिन , B.ED गरेकि छिन , जागि…

अभिभावक को दाहित्व ----*---- एक मास्टर साब ले आफ्नो छोराको लागि बिबाह बन्धनको बारेमा टुंगो गरे ।  …