• उर्लाबारी, शंकास्पद मृत्यु भएका व्यक्तिको मिसिलमा असम्बन्धित व्यक्तिको फोटो संलग्न गरेपछि प्रहरीले घटना ढाकछोप गर्न भुमिका खेलेको रहस्य खुलेको छ । 
    मोरङ उर्लाबारी–५ का प्रविण बास्तोला गत पुष ५ गते मृत फेला परेका थिए । मृत्यु हुँदाकोृ समयमा उनी संगै रहेका संदिग्ध व्यक्तिहरु लाई प्रहरीले कुनै अनुसन्धान नगरी छोडेको थियो । 
    अनुसन्धान प्रभावकारी नभएको र आरोपित व्यक्तिले उन्मुक्ति पाएको भन्दै आइतबार पीडित परिवार र स्थानीयवासीले जिज्ञासा माग्दा प्रहरीले लापरवाही गरेको पाइएको हो । मिसिलमा समावेस गरिएको मृतकको तस्बीरमा चाँदीको सिक्री लगाएको पाइएपछि स्थानीयले केहिबेर इलाका प्रहरी कार्यालय घेराउ गर्नुका साथै प्रहरी विरुद्ध नारावाजी पनि गरेका छन् । मृतक फेला पर्दा उनको गलामा सिक्री थिएन । यद्यपि प्रहरीले अनुहार नै नचिनिने गलामा सिक्री लगाएको व्यक्तिको तस्वीर घटना मुचुल्कामा संलग्न गरेको पाएपछि स्थानीय आक्रोशित बनेका हुन् । 
    परिवारका अनुसार सुरुमा प्रहरीले दोषी पत्ता लगाउने आश्वासन दियो । तर, अहिले घटनाका आरोपित सबैलाई छोडिदिएको छ । मृतक प्रविणका बुबा प्रेमले भने –४ गते घरबाट निस्किएको छोरो ५ गते ११ बजे तिर मर्यो अरे भनेर अज्ञात नम्बरको फोनबाट खबर आयो । ‘कहाँ मर्यो, कसरी मर्यो कसले मार्यो ,हामी परिवारका सदस्यलाई केही थाहा भएन । प्रहरी पनि प्रत्येक पटक अलग अलग बयान दिन्छ । मर्ने त मर्यो तर न्याय मर्नु भएन नि’ – उनले भने ।
    छोराको शव मृत अवस्थामा गोदावारी अस्पतालमा भेटिएपछि परिवारले प्रविणलाई त्यहाँसम्म कसले ल्यायो भन्ने सम्म थाहा छैन । मरेको ब्यक्तिलाई एम्बुलेन्समा हालेर ल्याइएको परिवारको दाबी छ । तर, प्रहरीले प्रविणको ढुकढुकी भएको अनुमानमा अस्पताल पुर्याएको दाबी गरेको छ । यद्यपि परिवारले अस्पताल स्रोतलाई उधृत गर्दै भन्यो – ‘प्रविणको मृत्यू भएको ३्४ घण्टापछि मात्र एम्बुलेन्समा हालेर अस्पताल पुर्याएको हो ।’ कर्तब्य ज्यानको मुद्धालाई दुर्घटनामा परिणत गर्न प्रहरीहरू नै संलग्न भएको पीडित परिवारको भनाई छ । पीडित परिवारले किटानी जाहेरी दिन पटक पटक प्रहरी कार्यालय जाँदा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोख्रेलले उल्टो थर्काएको मृतक प्रविणकी बहिनी दुर्गा वास्तोलाले बताईन् । प्रमाण नष्ट गर्ने र अपराधीको संरक्षणमा प्रहरीकोे संलग्नता देखिन्छ ,दुर्गाले भनिन् ।

    घटना अनुसार प्रविण पुस ४ गते बेलुका घर नजिकैको मरिमराउमा पुगेका थिए । त्यहाँबाट १ किलो मिटर पूर्वको सौरभी होटलमा प्रविण पुग्छन् र त्यहाँ होटल सञ्चालक कुमार राई लगायतले रक्सी खान्छन् । रक्सी प्रविणले मात्र खाएको दावी प्रहरीको छ । यद्यपि जिउ थाम्न नसक्ने गरी रक्सी पिएको ब्यक्तिलाई लिएर रातको १० बजे पप्पु भनिने राजेश रणपहेली र प्रविण बदाम जुस लिन स्कुटर चढेर अलि पर सम्म पुगेको बताइन्छ ।

    तीन वटा बदाम जुस लिएर प्रविण कहाँ पुगे न त प्रहरीको अनुसन्धान बोल्छ न उनको हत्यामा संलग्नको आरोप लागेकाहरूले नै बोलेका छन् । त्यति मात्र होइन , मद्रासी फिल्म सैलीमा प्रविणलाई मार्ने योजनाका लागि प्रविणलाई भोलिपल्ट जिस्क्याउने भन्दै घुरेको भिडियो खिच्छन् ।

    मध्यरातको १२ बजे बनाएको भिडियो अहिले सम्म प्रविणका बाबु आमाले हेर्न पाएका छैनन् । त्यति मात्र होइन । १ बजेर १० मिनेट जाँदा प्रविणको मोवाइलबाट अज्ञात नम्बरमा २० रुपियाँ ट्रान्फर गरिन्छ ।

    होटलमा रिकेश सिवा भनिने मेहरमान दर्जी, दिपेश पौडेल ,राजेश रणपहेली र प्रविण मात्र रहेको भनिए पनि त्यहाँ अरु कोही ब्यक्ति भएको बास्तोला परिवारको दाबी छ ।घटनामा संलग्नहरू कोही लागु औषध कारोवारमा पटक–पटक प्रहरी हिरासतमा परेका र कोही मान्छे मारेर फरार भएको पृष्ठभूमिका मानिस भएकोले परिवारले अत्यधिक लागु औषध खुवाएर मारेको हुन सक्ने पीडित परिवारको आरोप छ । प्रहरीले घटना प्रति बेवास्ता गर्नु र न्यायलयले समेत कर्तब्य ज्यानको कुनै सम्भावना छैन् भन्दै मुद्धा मामिला नगर्न सुझाए पछि बास्तोला परिवार झनै आक्रोषित भएको छ ।

    यता इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोख्रेलले भने कर्तब्य ज्यानको कुनै प्रमाण फेला नपेरेकोले सरकारी वकिलको कार्यालयले पक्राउ परेका सबैलाई छोडिएको बताए ।

    उनले मृतकको शरीरमा कुनै चोट, नील डाम पनि नदेखिएको बताए । उनले मिसिल मृत भएको छै्न्, अनुसन्धान सकिएको छैन्, प्रमाण फेला परे उनीहरू पक्राउ पर्न सक्ने बताएका छन् ।

     

     

     

    https://www.youtube.com/watch?v=k71yf6hdcpc&feature=youtu.be

सम्वन्धित समाचार

काठमाडौं । युवालाई सीप, श्रम तथा रोजगारीसँग जोड्ने उद्देश्यले राष्ट्रिय रोजगार सम्मेलन गरिने भएको छ । राष्ट्…

मोरङको उर्लाबारी–५ का ३२ वर्षीय प्रवीण बास्तोलाको रहस्यमय मृत्यु प्रकरणमा छानबिन समितिले बुझाएको प्रत…

बिराटचौक । सुन्दरहरैचा उद्योग वाणिज्य संघको शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा  कृष्णप्रसाद रिजाल बि…

तीन महिनाको नाबालक छोराकी आमा बर्षा राई प्यारालाईसिस् अर्थात पक्षघात भएर हालः ओच्छ्यानमा थलिएर कष्टकर जीवन …