• काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहिबार) सेयर बजारमा बहार आएको छ । ९०.६७ अंकले बढेको बजारमा सबै समूहमा बढोत्तरी छ । ३.७५ प्रतिशतले बढेको बजार २५०६.६८ विन्दुमा अडिएको छ ।  आज ६ अर्ब ५ करोड बढीको सेयर कारोबार भएको छ । जीवन बीमा तर्फको बढोत्तरी सबैभन्दा बढी छ । निर्जीवन बीमा, ट्रेडिङ समूहमा पनि आकर्षक बढोत्तरी छ । 


    सेयर बजार घटेको दिनमा पनि पछिल्ला केही दिनयता सेयर मूल्य बढिरहेको चन्द्रागिरी हिल्सले आज पनि सबैभन्दा बढी कमाएको छ । यसको सेयर मूल्य सर्किट ब्रेक लाग्ने गरी बढेको छ । चन्द्रागिरी सहित लिबर्टी इनर्जी कम्पनी र सूर्योदय लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य सर्किट लाग्ने गरी बढेको छ । चन्द्रागिरिको सेयर मूल्य ६ सय ५ रुपैयाँ कायम भएको छ । 


    तर कारोबार रकममा सबैभन्दा बढी कारोबार हुनेमा पूर्वाधार  बैंक (निफ्रा) नै रहेको छ । यसको ५३ करोड २३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  यता शिखर इन्स्योरेन्सका पनि बढी कारोबार भएको छ । दोस्रो बढी कारोबार भएको शिखरको २४ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …