• सन्तोष कार्की मौसुफ

    घरको मुल ढोकाको छेउमा फ़ोहोर कहिल्यै नराख्नुहोस् ,यसो गर्नाले तपाईंको छिमेकी लाई शत्रु बनाउछ । 
    २, सुर्यास्तको समय कसैलाई पनि दूध, दही या प्याज पैचो नदिनुहोस , यसले तपाईंको घरको रौनक समाप्त हुन्छ ।
    ३, घरको छतमा कहिल्यै पनि अन्न , या कपड़ाहरु नधुनुहोस नपखाल्नुहोस , तर सुकाउन सक्नुहुन्छ , छतमा अन्न या कपडा धुनाले ससुरालीसँग सम्बन्ध बिग्रन्छ ।
    ४, फलफूल भेटेसम्म खानुहोस , स्वास्थ्यको लागि फाइदाजनक हुन्छ , तर यसको बोक्रा कुडेमा वा घरभित्र डस्बिनमा नराख्नुहोस , बोक्रालाई बाहिर फाल्नुहोस यसोगर्दा साथिभाई मित्रहरूबाट लाभ लिन सक्नुहुन्छ । 
    ५, महिनामा एकपटक कुनै पनि दिन चिनी युक्त खिर बनाएर परिवारको साथमा बसेर खानुहोस , अर्थात जब पुरै परिवार एकसाथ बसेर खानुहुन्छ भने माता लक्ष्मी को छिटै कृपा हुन्छ तपाईंको घरमा । 
    ६, महिनामा एकपटक आफ्नो अफिसमा पनि मिठाइ , लड्डु वा पेडा अवश्य लिएर जानुहोस , र उस मिठाइँलाई आफ्नो साथिहरुको साथमा या आफ्नो अर्थात आफू अन्डर काम गर्नेसाथिहरु सँग बसेर खानुहुन्छ भने धन लाभ हुनेछ । 
    ७, राति सुन्तु अगाडि भान्साकोठामा बाल्टिन या अंखरा भरी पानी राख्नुहोस , यसरी राख्नाले ऋणबाट चाँडै मुक्त हुनलाई मद्दत गर्छ र यदि बाथरुममा पनि भरिएको बाल्टिन राख्नाले जिबनमा प्रगतिको बाटोमा बाधा आउनेछैन ।
    ८, बिहिबारको दिन घरमा कुनैपनी पहेँलो खानेकुरा खानुहोस , हरियो बस्तु नखानुहोस , तथा बुधबारको दिन हरियो बस्तु खानुहोस तर पहेँलो बस्तु बिल्कुल नखानुहोस यसो गर्दा सुख समृद्धि बढ्छ ।
    ९, रातको समयमा जुठा भाडाकुडा कहिल्यै पनि नराख्नुहोस , जुठा भाँडा रातको समयमा नराख्दा हानी बाट बच्न सकिन्छ । 
    १०, नुहाएपछी वा एकदिन अगाडि प्रयोग गरेर भिजेको तौली प्रयोग नगर्नुहोस् , यसले बच्चाहरुलाई जिद्दीपन र परिवारबाट अलग गराउछ , आफ्नो कुराहरु हुनैपर्छ भन्न थाल्छन् । त्यसैले दैनिकी सफा र सुख्खा तौली प्रयोग गर्नुहोस् ।
    ११, कहिले पनि यात्रा गर्दा घरको पुरै परिवार एकै पटक घरबाट ननिस्कनुहोस , अगि पछि भएर निस्कनुहोस यसो गर्दा सफलता बढाउछ । 
    यस्ता अनेकौं नराम्रा बानिहरु धेरै छन् जसको हेरचाह गर्ने हो भने जिबनमा कुनैपनी समस्या भोग्नु पर्दैन । र सुख र समृद्धि बढ्छ ।
    (केहि बास्तु ज्ञान्) 👇️
    १ , बिहान बिहानै घरमा केहि समयको लागि भजन गित अवश्य लगाउनुहोस । 
    २, घरमा कुचोलाई कहिले पनि ठाडो पारेर नराख्नुहोस , कुचोलाई खुट्टाले कहिले नछुनुहोस , कुचोलाई ननाघ्नुहोस , अन्यथा घरमा आशिष को अभाव हुनेछ । कुचो जहिले आफुले देख्ने ठाउँ लुकाएर राख्नुहोस ।
    ३, ओछ्यानमा बसेर कहिले खाना नखानुहोस , यसो गर्दा धनको हानी हुनजान्छ । लक्ष्मी घरबाट जान्छिन । र घरमा अशान्ति हुन सुरु हुन्छ ।
    ४, घरमा जुत्ता चप्पल जथाभावी छरपस्ट उल्टो पारेर राख्नुहुदैन , यसो गर्दा घरमा अशान्ति उत्पन्न हुन्छ ।
    ५, पुजा बिहान ६ बजेदेखि ८ बजे भित्रमा भुइँमा चट्टाइ बिछ्याएर पुर्व वा उत्तर पटि मुख पारेर बसेर गर्नुपर्छ । पुजामा बिछ्योना जुट वा कुशको भए उत्तम हुन्छ ।
    ६, घरमा सबैभन्दा अगाडि घाँस पानी गाइलाई खुवाउनुहोस , यसो गर्दा देवता पनि खुशी हुन्छन् र पित्री लाई पनि शान्ति मिल्छ । 
    ७, पुजा कोठामा सदैव कलशमा पानी भरेर राख्नुहोस , यसो गर्नाले मानिसहरू थोपा-थोपाको हिसाबले तपाईं सँग जोडिदै जानेछ्न । 
    ८, आरति , दिप , पुजा , अग्नि जस्ता पबित्रताको प्रतीक साधनहरुलाई मुखले फुकेर निभाउनु हुँदैन ।
    ९, मन्दिरमा अगरबत्ति, धुप हवन कुण्ड सामाग्री दक्षिण पुर्वमा राख्नुहोस ।
    १०, घरको मुल ढोकाको दाँयातर्फ स्वस्तिक बनाउनुहोस् ।
    ११, घरमा कहिले पनि माकुरोको जालो लाग्न नदिनुहोस , नत्र भाग्य र कर्ममा जालो लाग्न सुरु गर्छ र हरेक काममा बाधा अर्चन आउँछ ।
    १२, हप्तामा एकपटक ढिका नुन , वा , आयोडिन नुन गाइको गोवर सँग मिसाएर घरमा लिप्नुहोस , कंक्रीटको घर छ भने पोछा लगाउनुहोस , यसो गर्नाले "नकारात्मक बिचार" हराउँछ। 
    १३, प्रयास गर्नुहोस् कि बिहानको घामको प्रकाश तपाईंको पुजा कोठामा अवश्य पुगोस् , सबैभन्दा अगाडि । 
    १४, यदि पुजा कोठामा प्रतिष्ठित मुर्ति छ भने हरेक दिन पुजा गर्नुहोस् , यस्तो ब्यबस्था बनाई राख्नुहोस । यसो गर्नाले तपाइँलाई सदैव सकारात्मक उर्जा मिल्ने छ ।।
    ********
    साथिहरु आजको पोस्ट कस्तो लाग्यो... 
    मेरो पूरा पोस्ट पढिदिनु भएकोमा धन्यवाद ।
    म सधै तपाईंको मन छुने केहि न केही लेखहरु लिएर आउने कोशिश गर्ने छु। जसले तपाईंको मन छुन सकोस् , हृदय देखि नै धन्यवाद ।।
     

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…