• हरेक व्यक्तिको शरीरको कुनैन कुनै भागमा कोठी हुन्छ । शरीरमा हुने कोठीले शुभ अशुभ फल दिन्छ भन्ने धारण समाजमा प्रशस्तै पाइन्छ । तर यसको वैज्ञानिक पुष्टि त अहिलेसम्म भएको छैन तर पनि जनसाधरण मात्र नभएर सामुदि्रक शास्त्रका अनुसार मानिसको शरीरमा भएको कोठीले मानिसको भाग्यको संकेत गर्ने बताएको छ । 

    यस्ताे छ शरीरको विभिन्न भागमा हुने कोठी अर्थ र त्यसको संकेत :

    -दाहिने गालामा कोठी हुने व्यक्ति धनवान हुन्छ । 

    -देब्रे गालामा कोठी हुने व्यक्ति बढी खर्चालु हुन्छ ।

    -दाहिने आँखामा कोठी हुने व्यक्ति भावुक हुनुका साथै डाहाडे स्वभावका हुन्छन् ।

    -देब्रे आँखामा कोठी हुेन व्यक्ति झगडालु स्वभावका हुन्छन् ।

    -नाकमा कोठी हुने व्यक्तिले यात्रा धेरै गर्छन् ।

    -कानमा कोठी हुने व्यक्ति अल्पायुका हुन्छन् । 

    -गर्धनमा कोठी हुने व्यक्तिहरु बढि आराम चाहिन्छ र आराम पनि मिल्छ । 

    -टाउकोमा कोठी हुने व्यक्तिहरु राजनीतिमा सफल हुन्छन् । 

    -दाहिने पाखुरामा कोठी भएका व्यक्तिहरु प्रतिष्ठित र बुद्धिमान हुन्छन् । 

    - दाहिने हत्केलामा कोठी हुने  व्यक्ति वलावान हुन्छन् । 

    -औंलामा कोठी हुने  व्यक्ति कार्यकुशल,व्यवहारकुशल र न्यायप्रिय हुन्छन् । 

    -दाहिने खुट्टामा कोठी हुने  व्यक्ति बुद्धिमान  हुन्छन् तर खर्चालु स्वभावका हुन्छन् । 

    -बाँया गालामा कोठी हुने व्यक्तिको बौद्धिक क्षमता उच्च हुन्छ । जीवन भने एकनाशको हुन्छ । 

    -माथिल्लो ओठमा कोठी हुनेहरु कामोत्तेजक र तल्लो ओठमा हुनेहरुलाई दुखले कहिले छोड्दैन । 

    -गलामा कोठी हुने व्यक्ति दीर्घायु र राम्रो आवाजको धनी हुन्छन् । 

    -दाहिने छातीमा कोठी हुने व्यक्ति ले आफ्नो पत्नीलाई खुबै प्रेम गर्छन् । 

    -कम्मरमा कोठी हुने व्यक्तिले जिन्दगीभरि समस्याहरुसंग लडिरहनु पर्छ । 

    -पेटमा कोठी हुने खानाको पारखी हुन्छन् ।

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …