• काठमाडौं । पश्चिमी वायुको प्रभावले देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली भई गण्डकी, वाग्मती र प्रदेश १ का पहाडी भू–भागहरुको एक/दुई स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो गण्डकी, वाग्मती र प्रदेश १ का पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ।अपरान्ह पश्चात गण्डकी, वाग्मती र प्रदेश १ का पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

    यसैगरीरी आज राती देशका पहाडी भू–भागहरुमा आंशिक बदली भई बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ को पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

सम्वन्धित समाचार

वि.सं.२०७७ साल चैत्र ०४ गते । बुधबार । ईश्वी सन् २०२१ मार्च १७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर …

काठमाडौं । वजन नियन्त्रणमा राखी स्वस्थ्य र फिट रहन चाहनुहुन्छ ? यदि त्यसो हो भने राति तपाईले गर्ने केही गल्त…

काठमाडौं । हिजोआज हरेक मान्छेको दैनिकी व्यस्त छ तनाव पनि उतिकै । जसले गर्दा मानिसहरुमा अनिन्द्राको समस्या …

काठमाडौं । आज महाशिवरात्री । यस अवसरमा धेरैजनाले व्रत बस्नुभएको होला । व्रत गर्नु स्वास्थ्यका लागि पनि फाईद…