• सन्तोष कार्की मौसुफ


    म यो भन्दिन कि प्रेम गर्नु गलत हो , तर यस्तो प्रेम नगर्नु जसले तिम्रो शरिरलाई प्रेम गर्छ ।
    आजभोलिका केटा'केटिहरु प्रेम गर्छन् , प्रेम एकाअर्कालाई ब्यक्त गरेको १५ दिन पुग्न नपाउँदै ओछ्यान सम्म पुग्छन् । 
    धिक्कार छ यस्तो प्रेमलाइ , जुन प्रेम निभाउनको लागि आफ्नो शरीर सँग सम्झौता गर्नु पर्छ । ठिक छ तपाईंको हिसाबले मान्छु कि यो प्रेम हो , 
    त्यसोभए यो कस्तो प्रेम हो , उसै नग्न अवस्थामा सेल्फी खिच्ने , यो कस्तो प्रेम हो, जुन यस्तो घिनौना भिडियो बनाएर समाजलाई खराब सन्देश दिन्छौं?? 
    एउटा तितो सत्य सुन केटिहो , यो सेल्फी र भिडियोहरुले तिमिहरुको जिउ र चरित्रको लागि भोलिको दिनमा खतरा बन्छ, यो सेल्फी र भिडियो माध्यम बनाएर पटक-पटक तिमिलाई ब्लाकमेल गर्ने धम्की दिएर तिमिलाई त्यस प्रेमको नाममा रखेल बनेर बस्नुपर्ने हुन्छ । र तिमिलाई यि सब गर्नुमा प्रेम लाग्छ? 
    र जुन दिन तिमी उसलाई इन्कार गर्न सुरु गर्छौं कि मलाई यि सबै गर्नुमा रुचि छैन भनेर , त किन गर्छौ यि सब..? त्यस दिन यही अर्धनग्न फ़ोटो फ़ेसबुकमा WhatsApp मा , भाइरल गर्दिन्छ , तिम्रो SMS च्याटहरु भाइरल गर्दिन्छ तिम्रो त्यही प्रेमी भनाउदोले... ।
    र त्यसदिन.. सोच त .. , तिम्रो घरपरिवारमा के बित्छ होला? तिम्रो ५ मिनेटको रोमान्सले गर्दा , तिम्रो परिवारमा  जिन्दगीभरको लागि सजाय बन्दिन्छ , त्यसपछि मर्नु अलवा जिबनमा केहि बाकी रहँदैन....,। 
    तपाइँहरू सबै छोरी बुहारीलाई आग्रह छ कि, यस्तो हर्कत कसैले पनि नगर्नुहोस् जसले गर्दा तपाईंको परिवारलाई गाउँ समाजमा नजर झुक्याएर हिड्नु परोस् , किनकि यो इज्जत सबैभन्दा अमुल्य चिज हुन्छ । बनाउन पुरै जिन्दगी लाग्छ तर बिगार्नलाई सानो एउटा गल्ती नै काफी हुन्छ...,। 
    प्रेम गर्नु गलत होईन , तर प्रेमको नाममा 'हवस'को सिकार हुनु गलत हो । ओछ्यान सम्म पुग्नु गलत हो , प्रेम त एकाअर्कामा नछुदा नै महसुस हुनु हो , समर्पण नै जिबनको आधार हो ।
    धेरै छोरी बुहारिहरुले मलाई भन्ने गर्छन् कि , तपाईंले हामी  केटिहरुलाई सम्झाउनुको सट्टा केटाहरुलाई सम्झाउनु नि..., त्यसोभए सुन केटिहो..., तिम्रो इच्छा बिपरित तिम्रो श्रीमानको पनि तागत हुँदैन कि तिमिलाई हात लगाउन सकोस् , त्यसै पनि इज्जत को कुरा गर्नु पर्दा एउटि छोरी आफ्नो बुबाको सिरको टोपी हुन्छिन, यसलाई बचाउनु तिम्रो धर्म हो ।।
    👉️ यस्तो लेखेर पोस्ट राख्ने मेरो कुनै इच्छा थिएन , तर आजभोलिको प्रेमको नाउमा 'हवस' मेटाउने र ब्लाकमेल गरि  केटिहरु र श्रीमान घर बाहिर हुने बुहारिबाट पैसा , मोटरसाइकल , मोबाइल , सिक्री औंठि जस्ता आफ्नो इच्छाहरु पूरा गर्ने केटाहरूको बढ्दो क्रमलाई मध्यनजर गर्दै लेख्न बाध्य भएको छु , 
    मेरो पनि छोरी भतिजी घर देखि बाहिर बसेर पढछन उनिहरुले पनि यो पोस्ट पढुन र रिलाइज गरुन् ।। 
    लेखेर पोस्ट गर्ने मेरो काम, छोरी बुहारिमा यस्तो घट्ना नघटोस भनी सेयर गर्ने पालो तपाईंको ।
    ********

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…