• ‘लभ डायरीज’ फेम्ड अभिनेत्री रुबिना थापा ‘डाँडाको बरपिपल’मा अनुबन्धित भएकी छन् । शोभित बस्नेतको निर्देशनमा निर्माण हुने चलचित्र आगामी बैशाख २२ गतेबाट फ्लोरमा जानेछ ।

    ‘डाँडाको बरपिपल’मा रुबिनाको जोडी अभिनेता सलोन बस्नेतसँग बाँधिनेछ । चलचित्रको मुख्य भुमिकामा यसअघि नै अभिनेता शिव श्रेष्ठ, गौरी मल्ल, राजिवजंग बस्नेत र यशराज गरचको अभिनयर रहने पक्का भैसकेको थियो । चलचित्रको लागी अझै दुई अभिनेत्री र एक अभिनेताको खोजी भैरहेको निर्माण टिमले जनाएको छ ।

    चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, द एक्स ब्याण्डका शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, गोविन्द राईको नृत्य निर्देशन, नवराज गिरीको गीत र रामजी राउतको मुख्य सहायक निर्देशन रहनेछ ।

    परिवारिक प्रेमकथामा निर्माण हुने चलचित्र बुढासुब्बा ओरिजिनलको ब्यानरमा निर्माण हुँदैछ । ७५ दिनको छायांकन सेड्युल रहेको चलचित्र काठमाडौं, कालाबाङ, पूर्व र से फोक्सुण्डोमा खिचिनेछ ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…