• मोरङ । मोरङको कानेपोखरी स्थित ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समूहले सात हेक्टर क्षेत्रमा बिरुवा रोप्ने भएको छ । 

    बुधबार बृक्ष रोपन कार्यक्रम गरी औपचारिक उद्घाटन गरेको छ । उद्घाटन कार्यक्रममा कानेपोखरी गाउँपालिका प्रमुख ताराबहादुर काफ्ले, सामुदायिक वन उपभोक्ता वन महासंघको १ नम्बर प्रदेश समिति सचिव अग्नि पौडेल, मोरङ जिल्ला अध्यक्ष रामकृष्ण राई, डिभिजन वन कार्यालय मोरङका प्रमुख अनिरुद्र साहा, ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नवीन राई लगायतको उपस्थितिमा वृक्ष रोपनको उद्घाटन भएको थियो । 

    उद्घाट कार्यक्रमको सभापतित्व ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समूह ३ नम्बर क्षेत्रीय समितिको संयोजक शेरबहादुर लम्बूले गरेका थिए । 
    कानेपोखरी गाउँपालिका ६ सुन्तले उत्तरमा वृक्ष रोपनको लागि झाडी सफाई, रुखको पुरानो जरा उखल्ने, जोत्नुको साथै कंक्रिटको पिलरको खम्बा र जालिले सात हेक्टर क्षेत्र घेराबारा गरिएको छ । 
    उक्त क्षेत्रमा साल, टिक, जमुन, फरिन, बेल, चाँप, रुद्राक्ष, अम्बा जातको १६ हजार विरुवा पोपिने ३ नम्बर क्षेत्रीय समितिको संयोजक शेरबहादुर लिम्बूले बताए । वृक्ष रोपनको लागि २१ लाखको योजना रहेको ग्रामिण सुधार सामुदायिक वनले जनाएको छ । 

    कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पालिका प्रमुख ताराबहादुर काफ्लेले विरुवा जगाउने कार्यक्रमा लाग्न उपभोक्ताहरुलाई अनुरोध गरेका थिए । पालिकामा वन ऐन बनिसकेको समेत जानकारी दिए । विषेश अतिथिको रुपमा उपस्थित डिभिजन वन कार्यालय मोरङका प्रमुख अनिरुद्र साहाले विरुवा चाँडो बढाउन मल्टी भिटामिन दिन र वृक्ष रोपन क्षेत्रमा दाल जातको खेति लगाए उत्तम हुने सुझाव दिएका छन् । 
     

सम्वन्धित समाचार

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ । कांग्रेसले…

काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीविरुद्ध सदनसँगै सडक …

 चितवनको भरतपुरमा विद्यार्थी लिन गएको स्माल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेका छन्…

काठमाडौँ । नेपाल आइडल फेम गायक रवि ओड प्रहरीको नियन्त्रणमा रहेका छन् ।कञ्चनपुर प्रहरीका अनुसार गायक ओडले …