• काठमाण्डौ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई सरकारसँग भएको ३ बुँदे सहमति कार्यन्वयन हुने आश्वासन दिएका छन्।

    सरकारसँग ३ बुँदे सहमति भएपछि पहिलो पटक प्रचण्डलाई भेट्न विप्लव र सचिवालय सदस्य धमेन्द्र बास्तोला खुमलटार पुगेका हुन्।

    ‘तपाईंहरुले सरकारसँग ३ बुँदे सहमति गरेर आउनुभयो। सहमति पालना नहुँदा बन्दी रिहा र मुद्धा हुन सकेका छैनन्’, प्रचण्डको भनाइ उद्धृत गर्दै नेकपा सचिवालय सदस्य धमेन्द्र बास्तोलाले भने, ‘सरकारसँग भएको सहमति पालना गर्न प्रतिबद्ध छौं। त्यसको लागि आवश्यक सहयोग हुने छ।’

    आफूहरुको केपी ओलीसँग नभएर सरकारसँग सहमति भएकाले कार्यन्वयन गर्ने सरकारको जिम्मा भएको विषयमा प्रचण्डको ध्यानाकर्षण गराएको बास्तोलाले जानकारी दिए। प्रचण्ड र विप्लवबीच पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा समेत छलफल भएको थियो।

    सरकार र विप्लव पक्षबीच गत फागुन २१ गते ३ बुँदे सहमति भएको थियो। सरकारसँगको समहतिअनुसार नै विप्लव नेतृत्वको नेकपाले ुभूमिगत गतिविधिु त्यागेको थियो।

    ३ बुँदे सहमतिमा विप्लव नेकपाका नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता र बन्दीहरुको रिहाइ गरिने विषय समावेश भए पनि पूर्ण कार्यान्वयन नभएको नेकपाका नेताहरुको भनाइ छ।

    ३ बुँदे सहमति कार्यान्वयन नभएको विषयमा नेताहरुसँग छलफल गर्न विप्लव केही दिन अगाडि कपिलवस्तुबाट काठमाडौं आएका थिए। केही दिन अगाडि उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा दुर्गा प्रसाइले नेतृत्व गरेको नागरिक बचाउ अभियान शनिबार पुनरगठन भएको छ…

मोरङ । निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सनले सम्झौता अनुसार काम नगरेपछि पीडित उपभोक्ताहरुले आज (शनिबार) मोर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयले पूर्ब जनप्रतिनिधि, खेलाडी, कलाकार र सञ्चारकर्मी…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयद्वारा रातोकलम अनलाइनको प्रधान सम्पादक अर्जुन जम्ने…