• अर्घाखाँची, १७ चैत 

    निजामती कर्मचारीकाे आधिकारिक ट्रेड युनियन अर्घाखाँचीले खुल्ला हाजिरिजवाफ प्रतियोगिता सञ्चालन गर्ने भएकाे छ । २५ चैतदेखि खुल्ला हाजिरिजवाफ प्रतियाेगिता आयाेजना गरिएकाे युनियनका अध्यक्ष कृष्ण बर्माले जानकारी दिए ।

    बर्माका अनुसार प्रतियाेगितामा कार्यालयकाे प्रतिनिधित्व हुनुपर्नेछ । जसमा दुई जना कार्मचारीसहित तीन जनाकाे टिम बनाउन सकिनेछ । टिम दर्ताकाे  लागि १ हजार शुल्क ताेकिएकाे बर्माले जानकारी दिए ।

    'लाेकसेवा तथा शिक्षकसेवाकाे तयारी गरिरहेकालाई सहज हाेस् भनेर याे प्रतियाेगिता आयाेजना गरेका छाैँ,' अध्यक्ष बर्माले भने, 'कर्मचारी तथा बाहिरबाट पनि सहभागी आउन सक्नुहुन्छ ।'

    प्रतियाेगितामा प्रथम हुनेले ७ हजार, द्वितीय हुनेले ५ हजार, तृतिय हुनेले ३ हजार र सान्त्वना हुनेले १ हजार ५ सय प्राप्त गर्नेछन् ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…