•  

    निकै लामो समय, प्रस्तिथी र चरणहरु पारगर्दै नेपाल अहिले यस्तो अवस्थामा आइपुगेको अवस्था छ । स्थानिय सरकार सम्म आइपुग्दा केन्द्रीकृत हुनुपर्ने समस्या समाधान भएको अवस्था छ । गाविस मर्च भएर गाउँपालिका र नगरपालिका भएको अवस्था छ । कतिपय ठाउँमा नयाँ पालिका संगै कार्यकाल समापनको अभ्यास भएको अवस्था छ । पालिका अनुसारको बजेट, कामगराई, आ–आफ्नै नीति नियम भित्र रहेर अघि लम्किने प्रयास जारी छ । कतिपय पालिकामा विकासका कार्यहरू अघिबढिरहेको छ भने कतिपय पालिकामा कछुवाको गति छदैछ । जनताको खातिर वा जनताको काम गर्न आएको भावना भएका जनप्रतिनिधिले राम्रै छाप पारेको अवस्था छ र जनताको साथ, सहयोग, हौसला संगै वाह–वाहको आवाज गुन्जिएको अवस्था छ । काम गर्दैजाँदा केही कामहरू छुटेहोला, कमि कम्जोरी भए होला यो सभाविक नै हो ।
    स्थानीय तहमा स्थानीय सरकार आएपछि विकासको गतिमा अग्रस्थान हाँसिल संगै जनताको वाह–वाह पाउने पालिका हो सुन्दरहरैंचा नगरपालिका । मोरङको सदरमुकाम बिराटनगर देखि करिब १९ किलोमिटर उत्तर पूर्व पर्दछ सुन्दरहरैंचा नगरपालिका । साविकको कोशीहरैंचा र सुन्दरदुलारी मिलेर वा मर्च भएर २०७३ फागुन २७ गते नेपाल सरकारको निर्णयबमोजिम सुन्दरहरैंचा नगरपालिका बनेको हो । नगरको क्षेत्रफल भने ११०.१६ वर्ग किलोमिटर रहेको छ भने यस नगरपालिकामा १२ वटा वडामा बिभाजन गरिएको छ । ११ औं राष्ट्रिय जनगणना अनुसार १ लाख ५० हजार जनसंख्या रहेको छ । पूर्वमा बेलबारी नगरपालिका, पश्चिममा सुनसरी जिल्ला, उत्तरमा केराबारी गाउँपालिका र दक्षिणमा ग्रामथान गाउँपालिका संग जोडिएको छ ।
    नगरपालिकाको ठिक बिचबाट चिरेर पूर्वपश्चिम महेन्द्र राजमार्ग गएको छ । शिक्षा, स्वास्थ, यातायात, पर्यटन, बाटोघाटो, व्यपारव्यवासाय, उद्योग लगायत सुविधा सम्पन्न नगरपालिका हो । धार्मिक, पर्यटक स्थल, शैक्षिक केन्द्रले धनि र जैविक विविधताले चिनिएको नगरपालिका मान्न सकिन्छ । जनप्रतिनिधि आएपछि विकासको कामलाई व्यवस्थित रुपमा अघि बढिरहेको देख्न सकिन्छ । विकास भन्ने बेतिकै भौतिक निर्माणकार्यलाई मात्रै नभएर पर्यटकीय क्षेत्रलाई प्राकृतिक स्वरुपमै व्यवस्थित बनाउने, धार्मिक गन्तव्यहरुलाई सुविधायुक्त बनाउनेसंगै शैक्षिक केन्द्रहरुको विकासमा विशेष ध्यान लिएको पाइन्छ ।
    जनप्रतिनिधि आए पश्चात् रातमा पनि झिलिमिलि शहर–सुन्दरहरैंचाबासीँको रहर भन्ने मुल नारा लिएर “नगर प्रमुख उज्यालो कार्यक्रम“ नेपाल विधुत प्राधिकरण संगको समन्वयमा १२ वटै वडामा सडक बत्ती जडान, धार्मिक पर्यटकिय प्रवर्द्धन गर्न विश्वमै अग्लो गाईको प्रतिमा ९मुर्ति० वडा नम्बर ५ मा, विशाल कोल्डस्टोर निर्माण गछिया वार्ड नम्बर ७ मा, सेमिनार हल, पुस्तकालय, कफिसप, सैलुन लगायत ९ वटा वार्डमा सुविधा सम्पन्न तीन तल्ले सार्वजनिक शौचालय निर्माण भैरहेको छ भने सलकपुर र बिराटचोकमा संन्चालन भैरहेको, पर्यटक क्षेत्रहरु पूर्वाधार विकासको निरन्तरता, विपन्न तथा सिमान्तकृत वर्गमा स्वास्थ बिमा गराउने, इन्द्रपुर स्वास्थ चौकीलाई ट्रमा सेन्टर निर्माण, वडा नम्बर १० मा रहेको रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदान निर्माण, नेपाल सरकार अन्तरगत पाइरहेको सामाजिक सुरक्षा भत्तामा ९० वर्ष माथिकालाई नगरले थप एक हजार थप गर्दै आएको, नगरले ७० वर्ष माथिकालाई निःशुल्क एम्बुलेन्स सेवा उपलव्ध, नगर क्षेत्र भरिका दर्ता प्रकृया पूरा गरेका भजान कृतन मण्डलीहरुलाई एक लाख बराबरको बाध्यबादन सहयोग, डिजिटल अनलाइन मार्फत जनताले घरमै बसेर कर तिर्न सक्ने सुविधा, सात करोड लगानीमा हसिना सिमसार पर्यटकीय पूर्वाधार निर्माण, बहु–उपयोगी कृषि १४ करोडमा भवन निर्माण, ३५ शैयाको नगर अस्पताल निर्माण, सामुदायिक विद्यालयबाट एस।इ।इ। पास भएका आर्थिक रुपमा विपन्न परिवारका पाच जना छात्रालाई निःशुल्क प्राविधिक शिक्षामा सहयोग, सुविधासम्पन्न ईलेक्ट्रिक शवदाह र पार्क निर्माण संगै १, ११ र १२ वडामा शवदाह निर्माण गरिने, नगरपालिकाको स्थानीय पाठ्यक्रम लागू, सुकुना बहुमुखी क्याम्पसमा एमफिल सम्मको अध्ययन लागू, सामुदायिक विद्यालय सुकुना मावि÷साजिलाल माबि र सुकुना बहुमुखी क्याम्पसलाई स्कुल बस हस्तान्तरण तीन मध्ये दुईले पाइसकेको, प्राविधिक शिक्षा पठनपाठन गर्ने विद्यार्थीकालागी मदन भण्डारी स्मृति प्रतिष्ठान÷साजिलाल माबि र सुकुना माबिमा २०/२० लाखको रिभवलिङ फण्ड स्थापना गरीब, असाहय, सिमान्तकृत तथा विपन्न वर्गका विद्यार्थीलाई अध्ययन, पत्रकार तथा संचारकर्मी दुर्घटना बिमा÷अक्षयकोष निर्माण लगायत केही कामहरू भैसकेको र हुन बाँकी रहेको नगरका सुचना प्राविधिक प्रमुख निरज नेउपानेले जानकारी दिएका छन ।
    हामी जनप्रतिनिधि भएर आइकन नगर र जनताको भावना बुझ्दै हरेक काममा अहोरात्र लागेका छौ । नगरको विकास होस या जनताको काम प्रति सबै बराबरमा राखेर बफादार भएर अघिबढिरहेका छौ । जनप्रतिनिधिले मात्रै यो सब गर्न सकेको हैन हामीलाई आम नगरवासीको साथ, सहयोग र हौसलाले आज यहाँ सम्म आइपुगेका छौ । यति मात्रै कहाँहोर नगरका हरेक कामहरू पूरा हुन अझै बाँकी छ र आम नगरवासीको साथ अझै जरुरत छ । काम गर्दैजाँदा कहीँकतै कमिकम्जोरी अप्ठ्यारोपना नभएको हैन नगरवासीले विश्वास गरेर नगरको विकास र नगरवासीको कामकोलागी चुनेर पठाएका हुन विस्वास र भरोशा तोड्नु हुदैन भन्ने लागछ मलाई । कहीँकतै हुनसक्छ आफुबाट गल्ती कम्जोरी भएहोला मैले महसुस गरेको छु र समग्र नगर संगै नगरवासीको हित बिपरित नराम्रा कामहरु हुन सक्दैन र पहिलेको तुलनामा हाम्रो सुन्दरहरैंचा नगरपालिका विकासको गतिमा अघिबढिरहेको महसुस गरेको बताए नगर प्रमुख शिवप्रसाद ढकाल ।
    कुनै तहतप्काका रहेर वा बसेर काम गर्न सजिलो त कहाँ हुन्छर तर आज सम्म असहज भएको महसुस गरेकि छैन् । नगरबासीको मायाकै कारण उप–मेयर भएकी छु । नगरवासीकै आवाज, आशा र भरोसा प्रति आज सम्म आइपुग्दा राम्रै कामहरू गरेकी छु जस्तो लाग्छ नगर संगै न्यायिक समितिको संयोजक भैरहदा महिला हिंसा, बालबालिका लगायत कामकुराहरूमा एक पक्षिय नभएर नगरकै समस्या हो भनी न्यायमा दिलाउनमा कन्जुस्याइँ नएको र सके सम्म मेरो काम, कर्तव्य र अधिकारलाई आत्मसातगरि कार्य गरेको बताउछिन् नगरका उप–प्रमुख धनमाया तामाङ ।
    नगरको विकास र दिने सेवाहरूमा पहिलेको भन्दा ठिकठिकै छ, तर अन्य नगरपालिका भन्दा हाम्रो नगरपालिका हरेक कामकुराहरुमा ढिलै छ, नगरका कर्मचारीबाट राम्रोसँग नभन्ने/नसिकाउने झन्झट व्यहोर्नुपर्ने बताउँछन् स्थानीय चेतनाथ लम्साल ।
    भनेको बेला काम अघि नसर्नु वा काम नहुनु समस्य छ, दातृ संघसंस्थाको सहयोगमा नगरको विकास पहिला भन्दात ठिकै छ, हामी सेवाग्राहीको पनि कमिकम्जोरीले दुःख पाएका छौ, नगरले नगरवासीलाई सुसूचित संगै चेतनाको विकासमा कार्यक्रम ल्याउन आवश्यक भएको स्थानीय सेवाग्राही डिकप्रसाल फुयाल बताउँछन् ।
    जनप्रतिनिधि आइकन केन्द्रीकृत हुनुपरेको छैन पहिला जस्तो निकै टाँढा धाएर जानुपर्ने अवस्था छैन, नगरको विकास/कृषि/शिक्षा/स्वास्थ नगरबासीमा नगरको सुचना मज्जाले पाएकाछौ, नगरबाट दुःखदिने/झन्झट त्यस्तो खेप्नुपरेको अवस्था छैन र पाँच वर्ष भित्र हुनुपर्ने र गर्न सक्ने सबैकाम राम्रै भएको बताउँछन् स्थानीय अर्जुनकुमार श्रेष्ठ ।
    हाम्रो नगरले लगाउनुपर्ने लगानी सहिठाउमा लगाएको महसुस गरेकिछु, मेयर होस या उप–मेयर हामीले फोन गरेपछि भनेको ठाउँमा आइदिने गरेका नै छन्, न्याय दिने वा दिलाउने ठाउँमा राम्रै भुमिका खेल्नु भएको छ, समग्रमा भन्नुपर्दा नगरवासीलाई चित्तबुझ्दो विकास र कामहरु भएको बताउँछन् स्थानिय दोय मन्जु/बिना पोखरेल ।
    माथीका काम र कुराहरुलाई मनन् गर्दा हामीले बुझन सक्छौ जनप्रतिनिधि आइकन नगरबासीको आशा र भरोसालाई निरास पारेको अवस्था भने देखिन्न । कतिपय पालिकामा समस्या नै समस्याले गुज्रिनु परेको अवस्था छ । भरसक नगरवासीको चित्तबुझ्दो काम र विकासमा जनप्रतिनिधि अघिबढे नगर समृद्धि तर्फ लम्किन समय कुर्नु पर्दैन । माथी उल्लेखित विकासका कार्यहरू गर्नसके सुन्दरहरैंचा देशकै एकमात्र नमुना नगरपालिका बन्नेछ । आफ्नो नगर आँफै बनाऔं र हाम्रो नगर राम्रो नगरका साथ जनप्रतिनिधि र नगरवासी बिच एक अर्काप्रति साथ सहयोग र बुझाबुझ भए समृद्धि शिखर चुम्नु सक्छ ।
     

     

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…