• काठमाडौं, २७ मंसिर 

    सुनको मूल्य मंगलबार तोलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख रुपैयाँ कायम भएको छ ।  यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख २०० रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज तेजाबी सुनको मूल्य तोलाको ९९ हजार पाँच सय रुपैया तोकिएको छ । यसको मूल्य अघिल्लो दिन ९९ हजार सात सयमा कारोबार भएको थियो ।

    मंगलबार चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी तोलाको १३ सय ९० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …