• मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी उद्योग वाणिज्य संघको ‘किर्ते’ हस्ताक्षर काण्डमा अध्यक्ष दीपक बस्नेतभन्दा बढी कोषाध्यक्ष तेजेन्द्रराज भण्डारी मुद्धामा सक्रिय रहेका छन् । 
    साधारण सभाबाट निर्वाचित भएर आएको एक महिना नपुग्दै अध्यक्ष दीपक बस्नेत र कोषाध्यक्ष तेजेन्द्रराज भण्डारीवीच बिभिन्न बिषयमा बिबादहुँदा मुद्धा जिल्ला प्रशासन कार्यालय मोरङमा पुगिसकेको छ । 
    अध्यक्ष दीपक बस्नेत कोषाध्यक्ष भण्डारीलाई कारबाही गरेरै छाड्ने मोडमा पुगेपछि भण्डारीले आफूसहितको किर्ने हस्ताक्षरसहित फर्जी बैठक बसेको भन्दै चैत्र ३ गते पत्रकार सम्मेलनको आयोजना गरेर नैतिकताको आधारमा अध्यक्षले राजिनामा दिनुपर्ने माग राखेका थिए । 
    कोषाध्यक्ष भण्डारी भोलीपल्ट चैत्र ४ गते जिल्ला प्रशासन कार्यालय मोरङ पुगेर अध्यक्ष दीपक बस्नेत विरुद्ध उजुरी दिएका थिए । फर्जी बैठक बसेर आफूसहितको किर्ने हस्ताक्षर गरेको भन्दै छानबिन गरी अध्यक्ष दीपक बस्नेतलाई अयोग्य घोषणा गरी निस्कासनको माग गरेका छन् । 
    सो उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय मोरङले चैत्र ११ गते पथरी उद्योग वाणिज्य संघको नाममा पत्र लेखेर फागुन १९ र चैत्र १० गते बसेको बैठकको उपस्थिति र निर्णयको छायाँकपी माग गरेको छ  । 
    उजुरीपछि पनि कोषाध्यक्ष तेजेन्द्रराज भण्डारीको टिम पटक पटक जिल्ला प्रमुख अधिकारीलाई कारबाही प्रक्रिया अघि बढाउन र यहाँबाट निर्णय दिन नसके सो ब्यहोरा खिलित रुपमा दिन माग गर्ने गरेको बुझिएको छ । जिल्ला प्रशासन कार्यालयबाट न्याय नभए अर्को निकाएमा गएरै भएपनि कारबाही गरेरै छाड्ने सो टोलीको भनाइ छ । 
    अध्यक्ष दीपक बस्नेत कोषाध्यक्षलाई कारबाही गर्ने र कोषाध्यष तेजेन्द्र राजभण्डारी अध्यक्षको पद खुस्काउन लागि परेपछि उवा संघ पथरीको यो कार्यकालको सुरुमै विवादमा फसेको हो । 
    बैंकिङ समस्या समाधान गर्न कोषाध्यक्ष भण्डारीलाई १५ दिनको समय दिएको अध्यक्ष बस्नेतले बताएका छन भने कोषाध्यक्ष भण्डारीले जिल्ला प्रशासन कार्यालयबाट पत्र आएपछि अघोषित रुपमा अध्यक्ष निलम्बनमा परिसकेको तर्क प्रस्तुत गरेका छन् । किर्ने प्रमाणित भए अध्यक्षको पद खारेजी हुने कानून व्यावसायीहरुले जानकारी दिएको कोषाध्यक्ष भण्डारीको दाबी छ । 
    बैंक, वितीय संस्थाहरुले गर्ने अनियमिताको विरुद्ध आवाज उठाउदै आएको नागरिक बचाउ अभियान कोषाध्यक्ष तेजेन्द्रराज भण्डारीको पक्षमा देखिएको छ । 
    पथरी उवा संघका केही पदाधिकारीले पथरीको बिभिन्न बैंकहरुबाट व्यक्तिगत डाटाहरु लिखित रुपमा लिएर व्यवसायीको हुर्मुत लिन खोजेको भन्दै यो मुद्धा पनि उठ्ने बताएका छन् । अदालतमा मुद्धा चलेको अवस्था बाहेक आर्थिक कारोबार तथा कारोबारको अवस्था बारे बैंकबाट कसैको व्यक्तिगत डाटा लिनु र दिनु गैरकानूनी कार्य मानिन्छ । 
    बैंक तथा बितीय संस्थाबाट व्यवसायी अन्यायमा परे पथरी उद्योग वाणिज्य संघले सहयोग गर्नुपर्नेमा उल्टै व्यावसायीको गैर कानूनी रुपमा आफै टाडा लिएर हुर्मुत लिने कार्य असह्य भएको कोषाध्यक्ष तेजेन्द्रराज भण्डारीको भनाइ छ । 
    अध्यक्ष कोषाध्यक्षको बर्खास्त गर्न चाहने, कोषाध्यक्ष किर्ते मुद्धामा अध्यक्षको बर्खास्तीमा सक्रियहुँदा मुद्धा लम्बिएमा यो समिति पनि आम व्यावसायीको पक्षमा काम गर्न सक्ने अवस्था देखिन्न । 
     

सम्वन्धित समाचार

 कोशी प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि आज दाबी पेस गर्ने तयारी गरेका…

कोशी प्रदेश सरकारले प्रदेश प्रमुखलाई प्रदेशसभा बैठक सञ्चालन पुनः स्मरण गराएको छ । बुधबार बसेको मन्त्रि…

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था…

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार प्राध्यापक खगेन्द्र खड्काको निधन भएको छ । …