• काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धलाई घुमाउरो रुपमा कांग्रेसले समर्थन गरेको छ ।

    पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार गम्भीर बन्ने कुराप्रति र नागरिकको शान्ति शुरक्षा कायम गर्नका लागि सरकारलाई पार्टीको समर्थन रहेको बताएका छन् । उनले संविधान भन्दा बाहिरका गतिविधि नियन्त्रणका लागि, नागरिकको शान्ति सुरक्षाका लागि राज्य कठोर बन्नुपर्ने बताए ।

    शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी सरकारको भएको भन्दै प्रवक्ता शर्माले समस्याको शान्तिपूर्ण निकाश र दीर्घकालिन समस्या समाधानका लागि वार्ता र छलफल गर्नुपर्ने बताए ।

    ‘कांग्रेस पार्टी हरेक फरक मतको अन्तिम समाधान शान्तिपूर्ण रुपमा वार्ताबाट चाहन्छ’ प्रवक्ता शर्माले भने,‘यसमा सरकार गम्भीर बन्नुपर्छ ।’
    संविधान भन्दा बाहिरका गतिविधि नियन्त्रणका लागि र नागरिकको शान्ति सुरक्षाका लागि राज्य कठार भएर जानु पर्ने उनले बताए ।

    प्रवक्ता शर्माले सीके राउतसँग गरिएको सम्झौताका विषयमा भने कांग्रेसले समर्थन गर्न नसक्ने बताएका छन् । राउतसँगको सम्झौतामा उल्लेखति बुँदाहरुमा सकारात्मक बुँदा र नकारात्मक बुँदा वा मनोविज्ञान एउटै दस्तावेजमा रहेको उनले बताए ।

    सरकारले सीके राउतसँग घुमाउरो पारामा जनमतसँग्रह स्वीकार गरेको देखिएको भन्दै त्यसप्रति कांग्रेसको गम्भीर विमत्ति रहेको शर्माको भनाइ थियो । जनमतसँग्रह गर्ने गरि गरिएको सम्झौतालाई कांग्रेसले राष्ट्रघाती सम्झौता करार गरेको उनले बताए ।

    प्रवक्ता शर्माले मधेशमा देखिएको समस्या समाधानका लागि संविधानमा संशोधन गर्दै अगाडि बढ्नु पर्ने बताए ।

    समस्या समाधान गर्न भने सरकारलाई कांग्रेसले साथ दिने प्रवक्ता शर्माले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…