• बिजय धिमाल

    उर्लाबारी ।मोरङको बेलबारी नगरपालिकाले धिमाल जातिलाई पहिलो जाति घोषणा गरेको छ ।
    बेलबारी नगरपालिका स्थित बिहीबार एक कार्यक्रम गरी धिमाललाई पहिलो जाति घोषणा गरिएको हो । धिमाल प्रथम जाति घोषणा तथा अभिनन्दन समारोह मा उल्लेख्य सहभागिता रहेको थियो । घोषणा समारोहका लागि धिमाल जाति बिकास केन्द्रको ब्यानरमा धिमाल जातिका महिला तथा पुरुषहरु विभिन्न झाँकी सहित उपस्थित भएका थिए । नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, विभिन्न जातीय संगठनका प्रतिनिधि, सञ्चारकर्मी लगायत संघ संस्थाका प्रतिनिधिहरु उपस्थित भएका थिए । दुई सय वर्ष भन्दा अगाडि देखिनै बेलबारीमा बसोबास गरेको पृष्ठभुमिका आधारमा धिमाल जातिलाई पहिलो जातिको रुपमा घोषणा गरीएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए निकै लामो समय देखिनै तराईका जिल्लाहरुमा धिमाल जातिको बसोवास रहेको किवदन्ती रहेको पाइन्छ । वि.सं. १९३६ मा पूर्व माननिय स्व. कर्ण वहादुर धिमालका हजुरबुवा स्व. बैसार धिमालले वक्यौता तिरेको भुमिकरको रसिदको प्रमाण समेत भेटिएको मेयर सुवेदीले बताए ।

    बेलबारी नगरपालिका भित्र धिमालका भौषाबारी, पर्ताघारी, भिन्दहा, बर्राडागी, बेलेवारी, तिनघोरे, माईनावारी, दोघरे, धारधार, तेलीकुरी, कालावञ्जार, वालाही, माटागाउँ, जुराकादेरा ,धाङधाङग्रा, काकोम नलवारी, भाउन्ने, भाङ्घारी, दोन्द्राझोरा आदि धिमाल टोल वा वस्ति रहेको छ । धिमाल जातिको ३ हजार १ सय ८२ जनसख्या रहेको छ । उक्त जनसख्या बेलबारीको कुल जनसख्याको को ४ दशमलव ५८ प्रतिशत रहेको देखिन्छ । बेलबारीको कुल जनसख्या ६९ हजार ४ सय ९८ रहेको छ । धिमाल जाति बिकास केन्द्रले धिमाल जातिलाई पहिलो जाति घोषणा गर्न माग गर्दै गत बर्ष नगरपालिकामा कार्यपत्र पेस गरेको थियो । सोही अनुसार नगरकार्यपालिकाको २०७५ असोज १ गतेको बैठकले धिमाल जातिलाई प्रथम जातिको मान्यता दिने निर्णय गरेको थियो ।

    नगरपालिकाले बिहीबार धिमाल जाति बिकास केन्द्रलाई पहिलो जातिको प्रमाण पत्र समेत प्रदान गरेको थियोे । बेलबारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र पुर्व सांसद हर्कामान तामाङले केन्द्रको नगर कार्यसमितिका अध्यक्ष कबिन्द्र धिमाललाई प्रमाणपत्र प्रदान गरेका थिए । धिमाल जातिका दुई जना जेष्ठ नागरीकलाई समेत सम्मान गरेको छ । ८७ बर्षिया बनाइ धिमाल र ९१ बर्षिय पृथिलाल धिमाललाई जनही पाँच पाँच हजारका नगद सहित दोसल्ला ओढाएर सम्मान नगरले गरेको थियो । नगरपालिकाले पहिचान गरेर धिमाल जातिलाई प्रथम जाति घोषणा गर्दा स्थानिय सरकार छ भन्ने आदिवासीहरुलाई प्रभाव परेको आदिवासी जानजाति महासंघ बेलबारीका अध्यक्ष तिलक राईले बताए । धिमालहरु नै नगरको पहिलो आदिवासी भएको उनले बताए ।
    कार्यक्रममा शिक्षक महासंघ बेलबारीका अध्यक्ष गोबिन्द भण्डारी, नेकपा बेलबारीका नगर संयोजक इरन राई, जनजाति महासंघ बेलबारीका अध्यक्ष तिलक राई, पुर्व सांसद हर्कमान तामाङ लगायतले बोलेका थिए ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…