• विजय धिमाल
    झापा। दमक नगरपालिका वार्ड नम्बर ९ प्रगती मार्ग स्थित रहेको गोर्खा कम्ब्याट अल्टिमेट फिटनेस सेन्टरले शुक्रवार देखि आफ्नो तालिम सुचारु गरेको छ ।
    विगत केहि वर्ष अघिदेखि सगरमाथा मल्टि मार्सल आर्ट संघ नेपालको कबट हलको निर्माण सम्पन्न नभए पनि आफ्नो तालिम सुचारु गरिएको हो । मुनाफा रहित हालका युवायुवतिहरुलाई सहि मार्ग र आत्मर्निभर बनाउन तालिम सुचारु गर्न जरुरी रहेको संघको भनाइरहेको छ । संघ भित्र नेपाल आर्मी, सिंगापुर पुलिस, ब्रिटीस आर्मी, इंडियन आर्मी लगायत मार्सल आर्ट, बक्सिङ, फिजिकल फिट्नेस ट्रेनिङ, एरोबिक्स, जुम्बा, योगा सुविधायुक्त तालिम रहने संघका सेक्युरेटी अफिसर दिपक धिमालले जानकारी दिए ।

    https://www.youtube.com/watch?v=CPEp25UxRQ4

    अन्तराष्ट्रिय क्वालिफइड अत्याधुनिक सामानहरुको प्रयोग र स्मिङ पुल सहितको सुविधा सम्पन्न निर्माण गरि नेपालमै नमुना बन्ने बेलायत स्थित रहेका सगरमाथा तेक्वाल्दो डोजाङका अध्यक्ष तथा गोर्खा कम्ब्याट अल्टिमेट फिटनेस सेन्टरका संस्थापक माष्टर राष्ट्र राईले जानकारी दिए ।

    भवन निर्माण लगायत समाग्रीमा करिब ३ करोड लगानि रहेको संघले जानकारी दिए । बेलायत स्थित रहेका संस्थाका संस्थापक वा एक्स ब्रिटिस आर्मी माष्टर राष्ट्र राई, यस संस्थाका सिओ एक्स सिङगापुर पुलिस फोर्स रबिन राई, यस संघका सेक्युरेटी अफिसर एक्स नेपाल आर्मी दिपक धिमाल, यस संस्थाका एड्मीन तेक्वान्दो विधाका सृजना राई र यारो फिट्नेसका रक्कि धिमालले प्रशिक्षण दिने जानकारी गराए ।

    https://www.youtube.com/watch?v=N9CSjwy07i8

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…