• बाहुनडाँगी । मेचीनगर ६ वडा स्तरीय फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
    नव ज्योति युवा क्लबको आयोजनामा भएको प्रयिोगिता अन्तरगत बुधवार सम्पन्न फाइनल खेलमा वडा नम्बर १ लाई ३–१ को गोल अन्तरले हराउँदै वडा नम्बर ६ ले फाइनलको उपाधी चुमेको हो । जितसँगै वडा ६ ले नगद २० हजार, मेडल र ट्रफी जितेको छ । उपविजेता बनेको वडा नम्बर १ ले १० हजार ट्रफी प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीका रुपमा आयोजक वडा नम्बर ३ का रोमन मेचे भए । प्रतियोगिताको उदयमान खेलाडी वडा नम्बर ३ का सेवन्त थापा र खेलको म्यान अफ द म्याच वडा नम्बर ६ का मुकुल मगर भए । यसैगरी क्लबका अध्यक्ष भवानी गिरीले रोेमन मेचे र करण मगरलाई फुटबलको ट्रयाकसुट प्रदान गरेका थिए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ३ का वडा अध्यक्ष हर्कबहादुर बस्नेत, वडा नम्बर १ का वडा अध्यक्ष पासाङ तामाङ, वडा नम्बर ४ का वडा अध्यक्ष नविन बराल, वडा नम्बर २ का वडा अध्यक्ष तिलक न्यौपाने, क्लबका संस्थापक जीतबहादुर लावती, क्लबका अध्यक्ष भवानी गिरी, पूर्व अध्यक्ष राजकुमार राया, सदस्य राजेश बस्नेतलगायतले पुरस्कार वितरण गरेका थिए । क्लबका सचिव सुमन थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन धनराज भण्डारीले गरेका थिए । चैत ९ गतेबाट ुरु भएको खेलमा मेचीनगरका १५ वटा वार्डको सहभागिता रहेको थियो ।










सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…