• काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेताहरुबीच सहमति हुन नसक्दा समायोजनको टुंगो लगाउने विषय नै अन्यौलमा परेको छ ।

    केही स्थानमा समायोजन गरिएको पनि छ तर, जिल्ला, भातृसंगठन र विभिन्न कमिटीहरूमा समायोजन भइसकेको छैन । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकलम दाहाल ‘प्रचण्ड’ले समायोजनलाई लम्बाउन चाहेको नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनालले नै आरोप लगाउने गरेका छन् । समायोजन गर्दा आफूले दावी गरेका स्थानहरू गुम्ने अध्यक्षद्धयलाई खतरा छ ।

    तर, त्यो खतरालाई ओली र दाहालले मिलाउने प्रयास गरेका छन् । उनीहरूले माधवकुमार नेपाल र झलनाथ खनालको भागमा परेका स्थानहरूलाई आफैले लिने गरी खाका तयार पारेको स्रोतले जनाएको छ । वैशाखको पहिलो सातासम्म ओली र दाहालले पार्टी समायोजन गरिसक्ने बताएका छन् ।

    नेपाल र खनाललाई समर्थन गर्ने जिल्ला अध्यक्षहरूलाई दाहाललाई दिने गरेर ओलीले तयारी गरेका छन् । ओलीको त्यो चाल बुझेपछि नेपाल र खनालले आपत्ति जनाएका छन् । नेपाल र खनालका कारण आफूलाई खतरा महशुस गरेका ओलीले उनीहरूको भागमा रहेका सबै संरचना खारेज गर्ने गरेर योजना बनाएको खनाल र नेपाल पक्षकै बुझाई छ ।

    तर, ओलीको सबै योजना बुझेका दाहाल नेपाल र खनाललाई तत्काल नचिढाउने पक्षमा छन् । बरु उनीहरूको भाग नचलाउने तयारी दाहालको छ । ओलीकै भागका स्थानहरूमा दाहालले आँखा लगाएको स्रोत बताउँछ ।

    यता, सरकारको कामकारबाहीप्रति खासै सन्तुष्ट छैनन् दाहाल । आफू निकटका नेताहरूसँग दाहालले ओलीको कार्यशैली सुध्रिएन भने गाउँका कार्यकर्तालाई मुख देखाउन लाज लाग्ने अवस्था आउन थालेको बताउने गरेका छन् । ओलीले हरेक निर्णयमा आफू एक्लैले गर्ने गरेकोमा दाहाल रुष्ट छन् ।

    हुन त दाहालका गतिविधिबाट पनि ओली सन्तुष्ट छैनन् । अमेरिका भ्रमण र भारतीय तथा चिनियाँहरूसँग दाहालले सम्बन्ध बनाएको विषयमा ओलीलाई मन परेको छैन । दाहालले चीनसँग भन्दा पनि अमेरिका र भारतसँग निकटता बनाएको ओली पक्षको बुझाइ छ ।

    ओली निकटका एक नेताका अनुसार दाहालका गतिविधिले ओली सशंकित छन् । अबको एक वर्षपछि दाहाल प्रधानमन्त्री बन्ने गरेर तयारी गरेको ओलीको बुझाइ छ । ओलीले तत्काल सत्ता र पार्टीको नेतृत्व अरु कसैलाई नदिने मुडमा छन् । दाहालसँग विगतमा भएको सहमति कार्यान्वयनमा दोस्रो तहका नेताहरूले ओलीलाई दबाब दिइरहेका छन् ।

    पार्टीभित्र ओली अल्पमतमा परेको बताइएपनि हरेक निर्णयमा उनी नै हावी हुने गरेका छन् । त्यसो त बैशाख ९ गते रामेछापमा नेकपाले स्थापना दिवस मनाउनु अघि नै समायोजनको अन्तिम खाका तय हुने बताइएको छ । तर, नेताहरुबीच सहमति नहुँदा समायोजन हुने संभावना भने देखिदैन । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…