• चैत्र २१, काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र शाहले पुर्वका राजावादी र राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विभिन्न नेतासंग पुनः भेट सुरु गर्नुभएको छ । यसअघि इलाम, पाँचथर लगायतका जिल्ला दौडाहामा रहनुभएका उहाँले बुधबार इलाममा पुर्वपञ्च, स्थानीय राजावादी, राप्रपाका नेतासंग भेट गर्नुभएको हो ।

    उहाँ इलामस्थित होटल समिटमा बस्दै आउनुभएको छ । त्यहाँको कहलिएको उक्त होटल पोखराबाट ढुंगा लगेर बनाइएको हो ।

    भेटका क्रममा अधिकांस नेताले हिन्दुराज्य र राजतन्त्रको विषयमा आफ्नो धारणा राखेका थिए । ‘भेटका क्रममा सबैले पुर्वराजाका हैसियतले राजतन्त्रको विषयमा बोल्नुपर्ने धारणा राखेका थिए–स्रोतले नेपाल समाचारपत्रसंग भन्यो ।
    उहाँले करिब चालिसजना भन्दा बढीलाई भेटेको बताइन्छ । सबैको कुरा सुनेपछि आफ्नो छोटो धारणा राख्नुभएको उक्त गोप्य र सामुहिक भेटमा निजी सचिव सागर तिमल्सिना समेत हुनहुन्थ्यो ।

    गत माघ २३ गते झापा पुग्नुभएका ज्ञानेन्द्र आमा रत्न विरामी भएपछि चार दिनको लागि काठमाडौं आउनुभएको थियो । आमाको स्वाथ्यमा केही सुधार भएपछि पुनः झापा पुग्नुभएका उहाँले केही दिनपछि पुर्वको इलाम, पाँचथर, फिदिम लगायतका जिल्ला भ्रमण गर्नुभएको थियो ।
    उहाँले आज बिहीबार इलाम बजारको माइमन्दीर दर्शन गरेपछि धुलावारीमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । भोलि शुक्रबार दमक पुगेपछि त्यहाँ राजावादी र राप्रपाका विभिन्न तहका नेतासंग भेट्ने कार्यक्रम रहेको छ ।

    करिब तीन साता लामो पुर्वाञ्चल बसाइका क्रममा धार्मिक भ्रमणका क्रममा केहीलाई भेटे पनि औपचारिक रुपमा राजनीतिक भेट नगरेका पूर्वराजा ज्ञानेन्द्रले काठमाडौं फर्कनै लाग्दा यो भेटको कार्यक्रम तय गर्नुभएको हो ।
    उहाँ दुई महिनादेखि नै पूर्व र तराई मिसनमा हुनुहुन्छ । यसअघि माघ १३ गते सिमरा पुग्नुभएका ज्ञानेन्द्र माघ २३ गते झापा पुग्नुभएको थियो । झापाबाटै उहा उदयपुर, धनुषा, सिराहा, सप्तरी लगायतका जिल्ला भ्रमणमा निस्कनुभएको थियो ।

    धनुषा स्थित जानकी मन्दीर र तराईका विभिन्न मठ मन्दीर दर्शनको क्रममा उहाले आफु तराई भ्रमणमा नभै देशकै भ्रमणको आइपुगेको बताउनुभएको थियो ।

    यो वर्ष अधिकांस समय विभिन्न जिल्ला भ्रमणमा निस्कनुभएको ज्ञानेन्द्रले अधिकांस समयमा भएको भेटघाटमा हिन्दुराज्य र राजतन्त्रको पक्षमा लाग्न सल्लाह दिदै आउनुभएको थियो । स्थानीय राप्रपा र शिव सेना नेपालले भ्रमण व्यवस्थापन गरेको थियो । धार्मिक भ्रमणको संयोजन शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतले गर्दै आउनुभएको छ । सबै भ्रमणमा बस्नेत अग्रपंतिमा देखिनुहन्छ ।

    तराई र पुर्वको भ्रमण सकेर उहाँ यही चैत्र २८ गते काठमाडौ फर्कने उहाँको सचिवालयले जनाएको छ । नेपाल समाचारपत्रबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…