• बाहुनडाँगी । त्रिभुवननगर जेसीजको वर्ष २०१९ को जेसीज सप्ताह बैशाख १ गते आइतवारबाट सुरु भएको छ ।
    सप्ताहको उद्घाटन दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले गर्नु भएको थियो ।
    सप्ताहकै अवसर पारेर जेसीज युवाहरुले दाङको घोराही बजारमा मोटरसायकल ¥यालीको आयोजना गरेका थिए । नेपालको झण्डा र जेसीज झण्डा फरहराएर बजार परिक्रमा गरेका थिए । यसैगरी कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारीले शाखाले प्रकाशन गरेको २०७६ सालको भित्तेपात्रको समेत विमोचन गर्नु भएको थियो ।
    शाखा अध्यक्ष बसन्तराज अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथि निरुपित राष्ट्रिउ उपाध्यक्ष दिनेश बोहोरालगायतले नयाँ वर्षको शुभकामना दिनु भएको थियो । यसैगरी, सप्ताहकै अवसरमा भएको दोस्रो दिन सोमवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जेसीजको सचिबालयमा भएको कार्यक्रममा २४ जनाले रक्तदान गरेका थिए ।
    कार्यक्रममा मुकेश शर्मा, बालकुमार घर्ती, बिमल खड्का, निदेशराज श्रेष्ठ, डम्बर यादव, थानेश्वर पोखरेल, खगेन्द्रबहादुर खत्री, बाबुराम पाण्डे, सुशील अधिकारी, भ्युकुमार पुन, माधबप्रसाद पौडेल, श्रीधर बिसी, जुद्धबहादुर घर्ती मगर, अनिस अधिकारी, तिलक डाँगी, टीका बस्नेत, रोशन दाहाल, मिने श्रेष्ठ, युवराज पन्त, आरधाना सिंह, खेमराज बस्नेत, प्रभात भण्डारी र सञ्जय केसीले रक्तदान गर्नुभएको थियो ।जेसीजका अध्यक्ष बसन्तराज अधिकारीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखाका सभापति थम्मन चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रम संयोजक कृष्णदेब थापाले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराउनुभएको थियो भने कार्यक्रमको सहजीकरण महासचिब रोशन दाहालले गर्नु भएको थियो । सप्ताह अन्तरगत मंगलवार वृक्षारोपण, सरसफाइ तथा शाखाको बोर्ड निर्माण गर्ने कार्यक्रम तय भएको कार्यक्रमका मुल संयोजक रविकिरण केसीले बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…