• झापामा बोक्सी लागेको भन्दै यातना दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका–२ की एक २२ वर्षीया महिलालाई बोक्सी लागेको भन्दै यातना दिने सोही स्थानकी ४० वर्षीया कुमारी बुढाथोकी र ३१ वर्षीय दिनेश दर्जीले यातना दिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । “पीडित महिलालाई ज्वरो आएको रहेछ”, इप्रका अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले भन्नुभयो, “उनीहरु (कुमारी र दिनेश)ले बोक्सी लागेको छ भन्दै यातना दिएको पाइयो ।” व्यक्तिगत रिसिइबीले पनि यातना दिइएको उहाँले बताउनुभयो । दर्जीले गत १९ गते रातको १०ः४५ बजे पीडित महिलालाई बोक्सी लागेको भन्दै पन्यू तताएर अनुहार र हातमा डामेका थिए । पीडित महिलाले प्रहरीमा जानकारी गराएपछि उनीहरुलाई पक्राउ गरिएको प्रनाउ थापाले बताउनुभयो । पीडकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई बोक्सीको आरोप (कसुर र सजाय) ऐन २०७२ अनुसार कारवाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

असार २० उर्लाबारी मोरङको बेलबारी नगरपालिका ७ दौलतपुरमा आफ्नै श्रीमानले राति सुत्ने कोठाभित्रै काठको म…

कमल सिंह ठकुरी काठमाडौं १३, २०७६ माघ : गायक प्रेम सोनिको एकल आवाजमा रहेको बिदेशी डलर बोलको गीत भर्खरै…

कमल सिंह ठकुरी/काठमाडौं १४, २०७६ कार्तिक गजलकार दिपक आचार्य ´जलन`को गजल संग्रह "अचानोमा दिल…

आर पोखरेल, काठमान्डौँ । लोकदोहोरी गीत संगीतमा निकै लोकप्रिय गायक राजु परियार र गायिका शान्ति श्री परिया…